चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु

Kirci Gyan Kendra

बेइजिङ:

Samajik New Add 2082

चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ ।

विश्वस्वास्थ संगठन र अमेरिकालगायतका पश्चिमा देशले कोरोनासम्बन्धी सही सूचना सार्वजनिक नगरेको भन्दै आलोचना गरेपछि चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको समाचार संस्था एपीले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगकी चिकित्सा मामिला प्रमुख जियाओ याहुयीले शनिबार आयोजित पत्रकार सम्मेलनमा डिसेम्बर ८ देखि जनवरी १२ सम्ममा ५९ हजार ९ सय ३८ जनाले कोभिडका कारण ज्यान गुमाएको जानकारी दिएकी हुन् । यसमध्ये साढे पाँच हजारले कोभिड संक्रमणका कारण श्वासप्रश्वासमा अवरोध सिर्जना भएपछि ज्यान गुमाएको र बाँकी ५४ हजारले कोभिड र अन्य गम्भीर रोगको सम्मिश्रणका कारण ज्यान गुमाएको जियाओले बताइन् ।

यसअघि चीनले ८ तारिख यता डिसेम्बर महिनामा जम्मा ३७ जनाले कोभिडका कारण ज्यान गुमाएको बताएको थियो भने महामारी शुरु भएयता ५ हजारभन्दा बढीले मात्र कोरोनाका कारण ज्यान गुमाएको बताउँदै आएको थियो ।

Saud Agro Kailash

अन्तर्राष्ट्रिय समाचारमाध्यमले अस्पताल र अन्त्येष्टिस्थलहरुमा अत्यधिक चाप बढेको जनाइरहँदा चीनले सार्वजनिक गरेको उक्त तथ्यांकले उसको विश्वसनियतामाथि आशंका उत्पन्न गरेको थियो ।

जियाओले कोरोना संक्रमण उच्च विन्दुमा पुगेर अब ओरालो लागिरहेको जानकारी दिएकी थिइन्। गत डिसेम्बर २३ मा २८ लाख ६० हजारभन्दा बढी मानिस ज्वरो क्लिनिक पुगेकामा जनवरी १२ मा यो संख्या घटेर ४ लाख ७७ हजार पुगेका उनले बताएकी छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बेइजिङले नयाँ तथ्यांक सार्वजनिक गरेकोमा त्यसको स्वागत गरेको छ । साथै उसले थप विस्तृत तथ्यांक जारी गर्न उसलाई पुन: आग्रह गरेको छ ।

संगठनले चीनलाई अस्पताल भर्ना र मृत्युको बारेमा थप छिटो, नियमित, भरपर्दो तथ्याङ्कका लागि निरन्तर आग्रह गरिरहेको कोभिड–१९ का कारण हुने मृत्युको वर्गीकरणबारे डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने ।

शनिबार चीनका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको औसत आयु ८०.३ वर्ष रहेको र ९० प्रतिशतभन्दा बढी ६५ वर्षभन्दा माथिका रहेको बताएका थिए। तीमध्ये अधिकांश आधारभूत अवस्थाबाट पीडित रहेको उनीहरूले बताएका छन् । चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसले खोप लगाएका छैनन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले चीनमा यस वर्ष कम्तिमा १० लाख मानिसले कोभिडसम्बन्धी संक्रमणका कारण ज्यान गुमाउने प्रक्षेपण गरेका छन् ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.