रिफर गरेकी बाजुराकी २६ बर्षिय गर्भवतीको बसमा लिदै गर्दा बाटो मृत्यु

भवानी ढुंगाना/मंगल खबर, अछाम:

बाजुराको बडिमालिका नगरपालिका १ पिनालेखकि २६ वर्षिय जानकी विक लुवारको सुत्केरी हुन नसकि सोमबार राति बाटोमा मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराले रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लिदै गर्दा अछाममा बाटोमै मृत्यु भएको श्रीमान रमेश बिकले वताएका छन् ।
दोस्रो पटक गर्भवती भएकी जानकीलाइ जिल्ला अस्पताल बाजुराले रिफर गरेपछि बसमा महेन्द्रनगर लगिदै थियाे । अछाम र डोटिकाे सिमाना चौखुट्टे पुगेपछि जानकीलाइ अफ्ठयारो भएको थियो । बस चालकले बसमा अफ्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिममा भएको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल लैजान भनेका थिए । जिपमा बयलपाटा अस्पताल लिदै गर्दा जानकीको बाटोमा मृत्यु भएको जनाईएकाे छ ।
बयलपाटा स्थित मंगल खबरकर्मी भवानी ढुङ्गानाले दिएको जानकारी अनुसार गर्भवती महिलाको बाटोमै मृत्यु भइसकेको थियो । उनका अनुसार अस्पतालमा मृत्यु भएको शव मात्र पुगेकाे र बच्चाको पनि पेटमै मृत्यु भइसकेको थियोे । बयलपाटा अस्पतालका एक चिकित्सकका अनुसार समयमै गर्भवती आमाको उद्धार भएको भए अकालमै ज्यान गुमाउनु पर्ने थिएन ।
माघ ४ गते आफन्तले जानकीलाइ अस्पताल बाजुरामा चेकजाँच गर्न ल्याएका थिए । अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो । जानकीलाइ सुत्केरी व्यथाले च्यापेपछि माघ ८ गते आइतवार पुन: अस्पताल बाजुराले ल्याईएकाे थियाे । अस्पतालले जानकी मुटु रोगि भएकाले सुबिधा सम्पन्न अस्पताल लैजान रिफर गरेको थियो । आर्थिक अबस्था निकै कमजोर रहेका कारण जानकीकाे परिवारले सोमवार मात्र बस मार्फत महेन्द्रनगर लिन लागिएको थियोे । एम्बुलेन्समा लिन पैसा नभएपछि बसमा टिकट काटेर महेन्द्रनगर हुदै दिल्ली लिने योजना रहेको तर बाटोमै श्रीमतीको मृत्यु भएको उनका श्रीमान रमेश विकले वताएका छन् ।

मृतक जानकीकाे सव बयालपाटा अस्पतालमा राखिएको र बाजुरा सम्वन्धित निकायसंग समन्वय भैरहेको जनाईएकाे छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.