अध्यादेश ल्याएर फिर्ता लिनु अनैतिकताको पराकाष्ठा हो: एमाले

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेले अनैतिकताको पराकाष्ठा भएको बताएको छ।

Samajik New Add 2082

‘यो अनैतिकताको पराकाष्ठा हो,’ प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले कति बलियो शक्ति रहेछ, जसलाई फुटाउन सरकारदेखि अदालतसम्म लागे।’

एमाले विभाजित गर्न सबै शक्ति एक भएको आरोप उनको छ। ‘सबै एक भएर लागे। नागरिकतासम्बन्धी अध्यादेशमा जे नजिर थियो त्यसको अदालतले पनि वास्ता गरेन,’ उनले भने।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको सिफारिसलगत्तै सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरेकी थिइन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत मात्रै भए पनि दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

उक्त अध्यादेशअनुसार नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.