प्रगतीशिल आधारभुत बिद्यालय लेष्टिगाडको १४ औं अभिभाबक भेला सम्पन्न

प्रगतीशिल आधारभुत बिद्यालय लेष्टिगाडको १४ औं अभिभाबक भेला सम्पन्न भएको छ ।

Samajik New Add 2082

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रशान्त बहादुर रानाको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथी मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।

प्रमुख अतिथी बोहराले बिद्यार्थीको उज्वल भबिष्यका लागी आम अभिभाबक जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । बालबालिकाको क्षमता अभिबृद्धी गर्नको लागी शिक्षामा लगानी गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

प्रमुख अतिथी बोहराले बिद्यालयलाई केही राहत होस् भन्ने उदेश्यले बिद्यालयको शैक्षिक कल्याण कोषमा २५ हजार ५ सय २५ रुपैया आर्थिक सहयोग समेत गनु भएको छ ।

उक्त भेलाका बिशिष्ट अतिथी मंगलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल,मंगलसेन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बृख बहादुर बोगटी र षोडशा माबिका प्रध्यानाध्यापक मदन बहादुर कुवर रहनु भएको थियो ।

भेलामा अन्य अतिथी कुन्ति माबिका प्रध्यानाध्यापक मदन बहादुर बोगटी,शिक्षक प्रगतीशिल आधारभुत बिद्यालयका शिक्षक अभिभाबक संघका अध्यक्ष कल्लान सिं थापा,समाजसेवी कम्मान सिं थापा गगी जैगडी,अभिभाबक,बिभिन्न पार्टीका पार्टी प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

बिद्यालयका शिक्षक रेबन्त राज नाथले स्वागत मन्तव्य राख्नु भएको भेलाको सञ्चालन शिक्षक गणेश बहादुर थापाले गर्नु भएको थियो ।

बिद्यालयको आर्थिक बर्ष २०७८/८९ को आय ३७ लाख ३५ हजार १ सय ९२ रुपैया र ब्याय तर्फ ३५ लाख ५६ हजारको आर्थिक प्रतिवेदन बिद्यालयका प्रध्यानाध्यापक चन्द्रकला बिष्ट थापाले प्रस्तुत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.