प्रधानमन्त्री प्रचण्ड अल्पमतमा, ३० दिनभित्र विश्वासको मत लिनु पर्ने

Kirci Gyan Kendra

काठमाण्डाै – एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नु भएको छ । प्रधानमन्त्रीलाई अब ७७ सांसदको मात्रै समर्थन छ । यो सङ्ख्या भनेको सरकार सञ्चालन गर्न अपुग सङ्ख्या हो ।

Samajik New Add 2082
Saud Agro Kailash

सरकार सञ्चालन गर्न प्रतिनिधि सभामा रहेको कुल सङ्ख्याको ५१ प्रतिशत समर्थन आवश्यक पर्छ । जसअनुसार प्रधानमन्त्रीका लागि प्रतिनिधि सभामा कायम कुल २ सय ७५ सदस्यको ५१ प्रतिशत अर्थात् १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव गर्नु पर्नेछ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.