सवारी दुर्घटना न्यूनिकरणका लागि मंगलसेनका घुम्ती र चोकमा ट्राफिक होडिङ बोर्ड राखियो

चक्र प्रशाद जैसी, मंगलसेनः

Samajik New Add 2082

अस्थायी ट्राफिक प्रहरी पोष्ट मंगलसेनले मंगलसेनका विभिन्न ठाउँमा ट्राफिक सचेतना मुलक होर्डिङ बोर्ड राखेको छ । सवारी साधन चालक र परिचालक तथा सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उद्देश्यले ट्राफिक सचेतना मुलक होर्डिङ बोर्ड राखिएको हो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट मंगलसेनको आयोजना तथा मगलसेन नगरपालिका वडा नम्बर ४ को समन्वयमा होडिङ बोर्ड राखिएको हो । शुक्रबार आज वडा नम्बर ४ र ५ का बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरी बरिष्ठ हवल्दार खडक ऐरले बताउनुभयो । मंगलसेनको बजारक्षेत्र, बसपार्क, जिप पार्क, सिर्जनाचोक, सम्भावित दुर्घटना हुन सक्ने क्षेत्र, लगायतका ५ स्थानमा सचेतना मुलक होर्डिङ बोर्ड राखिएको प्रहरी बरिष्ठ हवाल्दार ऐरले बताउनुभयो ।

उहाँका अनुसार प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका लागी तिब्र गती जिवन क्षेती, सवारी बिस्तारै चलाऔं, ट्राफिक नियम पालना गरौ, सवारी दुर्घटनाबाट बचौ र बचाऔं, एम्बुलेन्स दमकल सववाहान, प्रहरीको सवारी साधानलाई प्रथामीक्ता दिऔं, मदक पर्दाथ सेवन गरी सवारी नहाकौं, क्षमता भन्दा बढी यात्रु सामान नबोकौ, घुम्तीमा हर्नको प्रयोग गरौं, सवारी चलाउदा मोवाईलको प्रयोग नगरौं, लगायतका नाराहरू समाबेश गरिएको छ ।

दुर्घटना न्यूनिकरणका लागी सडक प्रयोगकर्ताहरु आफै सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेको भन्दै त्यसको न्यूनिकरणका लागि उक्त अभियान संचालन गरिएको उहाँको भनाइ छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले सडकका घुम्तिहरुमा कम्भेक्स मिरर राख्दै आएको छ ।

बजारका विभिन्न ठाउँमा राखिएका ट्राफिक सचेतना मुलक होर्डिङ बोर्डले केही हदसम्म भएपनि नागरिकमा सचेतना अभिबृद्धी हुने विश्वास लिईएको छ ।

Leave A Reply

Your email address will not be published.