कमलबजारमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना

अस्थायी ट्राफिक प्रहरी पोस्टको कमलबजारमा आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

कमलबजार बजार विकास तथा प्रवर्द्धन समितिका अध्यक्ष काशीराम बजगाईँको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ओमप्रकाश विष्ट रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अस्थायी ट्राफिक प्रहरी पोस्ट सञ्चालन भए सँगै सडक दुर्घटना तथा अन्य आपराधिक क्रियाकलापहरूमा केही हद सम्म कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले नगरपालिका अन्तर्गतकै गैरीटाँड बजारमा रहेको अस्थायी प्रहरी पोस्टलाई एउटा मोटरसाइकल चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Mangala School 2081 subhakamana

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले ट्राफिक नियमको पालना गर्न र गराउन आम नागरिकलाई आग्रह गर्नुभयो ।

यस्तै अर्का विशिष्ट अतिथि कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईँले सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लाई स्थायी पोस्टको रुपमा विकास गरिनु पर्नेमा जोड दिनु भयो ।

कमलबजार नगरपालिकामा समुदाय प्रहरी साझेदारी अन्तर्गत बिभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र अपराध रोकथामका लागी नागरिक र प्रहरी बिच सहकार्य हुनु पर्नेमा इलाका प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जोड दिनुभयो ।

कमलबजार स्थित शिक्षक, व्यापारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत सरोकारवालाहरूको सहभागितामा सो अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरिएको हो । हाल एक जना ट्राफिक प्रहरी रहने प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागी कमलबजार नगरपालिका र इलाका प्रहरी कार्यालय कमलबजारको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोस्ट सञ्चालनमा आएको बताइएको छ ।

-bannigadhitoday

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.