आसिफको अर्धशतकमा नेपालले पिएनजीलाई हरायो

Purnima Mobile
Samajik Bal biwaha

आइसिसी विश्वकप लिग-२ को खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको छ ।

Mangala Bharna

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पिएनजीले दिएको १८० लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्‍यो ।

Mellekh RM1

नेपालको जितमा ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले नटआउट ८६ रन जोडे। त्यसका लागि आसिफले १३० बलमा २ चौका र १ छक्का हिर्काए ।

नेपालको लगातार विकेट गए पनि आसिफले धैर्यपूर्वक ब्याटिङ गरे। उनले आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ७७ रनको साझेदारी गर्दा जित सम्भव भएको थियो। सन्दीपले नटआउट ३५ रन बनाए। उनले ५० बलमा ३ चौका प्रहार गरे ।

खेलमा नेपालले खराब सुरुवात गरेको थियो।

इनिङ्ग्सको पहिलो बलमै विकेट गुमाएको नेपालले पाँच ‌ओभरभित्र दुई विकेट गुमायो भने सुरुवाती ७ मध्ये ६ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए ।

नेपालका कुशल भुर्तेललाई पहिलो बलमा पिएनजीका सेमो कामियाले आउट गरे। ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको अन्तिम बलमा ६ रनमा आउट भए ।

नेपालले १६औं ‌ओभरमा तेस्रो विकेट गुमायो। भीम सार्कीलाई अदस भालाले ६ रनमा आउट गरे। उनले ३५ बलमा खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् ।

कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १-१ रन मात्र जोड्न सके। रोहित ८ बल खेल्दा भालाको बलमा क्याच हुँदा आरिफलाई पनि भालाले ३ बल बनाएर खेलिरहदा बोल्ड गरेका थिए । दुवै ब्याट्सम्यान १८औं ‌ओभरमा पेभिलियन फर्केका थिए ।

यस्तै दिपेन्द्रसिंह ऐरीलाई १६ बलमा ८ रन बनाएर खेलिरहदा सेसे बाउले एलबिडब्लूको धरापमा पारे ।

कुशल मल्लले २३ रनको योगदान दिए। सातौं विकेटका लागि उनले आसिफसँग ३१ रनको साझेदारी गरेका थिए ।

बलिङमा पिएनजीका असद भालाले ३ विकेट लिए ।

Saud Agro Kailash

दुबईमा भइरहेको नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी छदा १७९ रनमा अलआउट भयो ।

पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन जोडे। उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे ।

सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए ।

दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौं विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए। त्यअघि दिपेन्द्रले नै पाँचौं विकेटको रुपमा गौडी टोका १५ रनमा बोल्ड गरेका थिए ।

यस्तै सोमपाल कामीले रेली हेकुरेलाई ९ रनमा र करण केसीले नोर्मान भानुआलाई १४ रनमा बोल्ड गरे ।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १-१ विकेट लिए ।

नेपालले पिएनजीका तीन ब्याट्सम्यानलाई रनआउट गरेको थियो। जसमा आसिफ, दिपेन्द्र/करण र सन्दीपले रनआउट गरेका थिए ।

सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो ।

सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ ।

छैटौं स्थानको नेपालको ३१ खेलबाट ३० अंक जोडेको छ । पुछारको ‍पिएनजीको ३१ खेलबाट ७ अंक छ ।

अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन ३ खेलमा जित निकाल्नु पर्छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.