
द टाईम्स कलेज काठमाडौंको आर्थिक सहयोग र विद्यार्थी अभियान अछामको सहकार्योयमा अछामका ३ वटा विद्गयालयमा SEE माेडेल सेटहरु वितरण गरिएको छ ।


धनवन्तरि मावि तोलीमा ९१ सेट, विद्यामन्दिर नमूना मावि विनायकमा ७० सेट र शोडषा देबि मा.बि. मँगलसेनमा १४३ गरि जम्मा ३०४ जना विद्यार्थीलाई निशुल्क रुपमा SEE मोडेल सेट वितरण गरिएको हाे । कक्षा १० का विद्यार्थीहरुलाई परिक्षाकाे तयारी गर्न सहज हाेस भन्ने हेतुले माेडेल सेट वितरण गरिएको जनाईएकाे छ ।

विद्यार्थी अभियान अछामका अभियन्ताहरु मनोज रावल र नवराज विककाे उपस्थितिमा सम्वन्धित विद्यालयमा माेडेल सेट वितरण गरिएको थियाे ।
