बाल अधिकार सम्बन्धी थुप्रै निती तथा कार्यक्रम बनेता पनी कार्यान्वयनमा चुनौतीः सरोकारवाला
कमल रावल, असोज १२ अछाम
बालबालिका सम्बन्धी ऐन र स्थानिय तहमा कार्यान्वयनः आधारभुत शैक्षिक अधिकारको सुनिश्चितता बारे सरोकारवालासँग अन्तरक्र्रीया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागी सरोकारवाला तथा विद्यार्थिले बाल अधिकार सम्बन्धी थुप्रै निती तथा कार्यक्रम बनेता पनी कार्यान्वयन हुन नसकेको बताएका थिए । स्थानिय सरकारसँग थुप्रै अधिकार भएता पनी आफ्नो अधिकारको दायरा अनुसार शैक्षिक गुणस्तरसँगै बाल अधिकार सम्बन्धीका निती तथा कार्यक्रम अझै स्थानिय सरकारले बनाउन नसकेको सहभागीले गुनासो गरेका थिए । शिक्षाका लागी राष्ट्रिय अभियान (NCE) नेपाल जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका समस्या सबैका भएकाले आगामी दिनमा सबै एकमत भएर अघि बढनु पर्ने सहभागीले बताएका थिए । समन्वय समिती सदस्य संस्था मालिका बिकास संघ नेपाल अछामका कार्य समिती सदस्य झपट राज ढुगांनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी साफेबगर नगरपालिकाका उपप्रमुख विरमला बुडथापाले स्थानिय सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागी थुप्रै लगानी गरेकाले उपलब्धी हासिल नभएको बताउनु भयो । स्थानिय सरकारको बजेट सदुपयोग गरि अब शैक्षिक गुणस्तर बृद्धिका लागी सबै एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो । एक अर्काले दोष थुपार्ने कार्य मात्रै गरिरहेकाले अब हरेक क्षेत्रका ब्यक्ति जिम्मेवार बन्दै जानुपर्ने उहाँले बताउनु भयो । कार्यक्रमका अतिथी शिक्षाका लागी राष्ट्रिय अभियान (NCE) नेपालका केन्द्रिय महासचिव लाल बहादुर वलीले काम, कर्तव्य र अधिकार अनुसार सबैले आफ्नो जिम्मेवारीबाट पछी हटन नहुने बताउनु भयो । राज्यले बनाएका निती तथा कार्यक्रम फितलो हुनुको कारण राज्य नै दोषि भएको बताउनु भयो । शिक्षाका बिसंगती विकृती, अन्त्यका ठोस योजना बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जन कल्याण माध्यामिक विद्यालय साफेबगरका प्राचार्य भिम बहादुर बुढा, शिक्षाका लागी राष्ट्रिय अभियान (NCE) नेपाल सुदुरपश्चिम प्रदेस सदस्य तथा वाक नेपालका अध्यक्ष बल बहादुर केसी, गैसस महासंघ अछामका अध्यक्ष टँक प्रसाद ढुगांना लगाएतका अतिथी रहनु भएको थियो । कार्यक्रमको संञ्चालन शिक्षाका लागी राष्ट्रिय अभियान (NCE) नेपाल जिल्ला समन्वय समिती अछामका सदस्य सचिव रतन बहादुर रावलले गर्नु भएको थियो ।