
कृष्ण बहादुर बुढा, २८ फागुन अछाम

नेकपा एमाले मंगलसेन वडा नं. ३ को वडा कमिटीको आयोजनामा वडा स्तरिय मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रम आज मगलसैनमा सम्पन्न भएको छ।

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नं. ३ का वडा कमिटी अध्यक्ष तिलक प्रसाद भाट को अध्यक्षतामा शुरू भएको मिसन ग्रासरूट प्रशिक्षण कार्यक्रममा
नेकपा एमालेका प्रदेश कमिटी सदस्य मना अधिकारीको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सदस्य हंश बिष्ट ज्यूको बिशिष्ट आतिथ्यताबाट शुरू भएको मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रम आज मंगलसैन ३ मा सम्पन्न भएको हो।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य मना अधिकारीले जनताका पक्षमा जति कार्यक्रम भएका छन ती नेकपा एमालेका पालामा भएको र महिलाहरू तथा बालबालिकाको पक्षमा नेकपा एमाले पार्टीले नै बोलेको बताउनु भयो ।
बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हंश बिष्टले जहिले जनताको पक्षमा बोल्ने र सुखदुखमा साथ दिने पार्टी भनेको नेकपा एमाले हो यो सधै जनताको हितमा काम गर्ने छ भन्नु भएको छ ।

नेकपा एमाले अछाम जिल्ला कमिटी सदस्य माया देवी बुढाले अतिथिको आसनबाट बोल्दै नेकपा एमाले अहिले पनि जनताको साथमा छ, जनताको हित र पक्षमा काम गर्ने र आफ्नो पालामा जनपक्षिय काम गर्ने भनेको नेकपा एमाले पार्टी नै हो । त्यसैले यो नेकपा एमाले पार्टी जनताको प्रिय पार्टी बनेको हा ।मिसन ग्रासरूट कार्यक्रम भनेको प्रशिक्षण दिने, सदस्यता नविकरण गर्ने, नयां सदस्यता प्रदान लगायत पार्टी शुद्धिकरण गर्ने बताउनु भयो ।
नेकपा एमाले अछाम जिल्ला कमिटी सदस्य सरिता साउद अतिथिको आशन बाट बोल्दै नेकपा एमालेको मिसन ग्रासरूट कार्यक्रमको उदेश्य भनेको केन्द्र देखी ग्रास लेवल सम्म पार्टी सुदृढिकरण गर्ने र पार्टीलाई बलियो बनाउने बताउनु भयो ।
नेकपा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य प्रेम खत्री, जिल्ला कमिटी सदस्य पुष्पराज भण्डारीले अतिथिको आशन बाट बोल्दै नेकपा एमाले पार्टी भनेको नीति नियममा चल्ने पार्टी हो र यो मिसन ग्रासरूट कार्यक्रम भनेको पार्टी पार्टीलाई बलियो बनाउने र पार्टी शुद्धिकरण गर्ने हो । यो कार्यक्रमले पार्टीमा भएका राम्रा र नराम्रा कार्यको पनि यसले मुल्यांकन गर्ने बताउनु भयो।
मंगलसेन नगरपालिका, अछामका उपप्रमुख तथा नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य संगिता कुमारी रावल सोडारी ज्यू ले जनताको सुखदुखमा साथ दिने बास्तविक पार्टी भनेको नेकपा एमाले पार्टी यो । जनता र देशको हितमा नेकपा एमाले पार्टीले जति काम अरू कुनै पार्टीले गर्न सकेको छैन र सक्ने पनि छैन बताउनु भयो । महिला तथा बालबालिका र दलितहरूको हकहितमा लड्ने पार्टी पनि एमाले हो त्यसैले नेकपा एमाले जनताको प्रिय पार्टी हो । यो मिसन ग्रासरूट कार्यक्रम लक्ष भनेको पार्टीलाई शुदृढिकरण र बलियो बनाउने हो ।
नेकपा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्य तथा मंगलसैन नगरपालिका वडा नं. ३ का पूर्व वडा अध्यक्ष पदम सिंह भाट तथा नेकपा एमाले मंगलसैन नगर कमिटीका सचिव डम्बर बहादुर रावलले नेकपा एमाले पार्टी जनता र देशको हितमा काम गर्ने पार्टी र यो मिसन ग्रासरूट कार्यक्रम भनेको पार्टीमा हुने गधिविधीहरूको मुल्यांकन गर्ने, राम्रा काम गर्नेलाई सम्मान गर्नुका साथै पार्टी शुद्धिकरण गर्ने बताउनु भएको छ ।
नेकपा एमाले मंगलसेन नगर कमिटी वडा नं. ३ वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर तथा वडा कमिटी सदस्य तथा जनबर्गिय संगठनका सदस्य, नेकपा एमालेका संगठित सदस्य लगायत कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।
नेकपा एमाले मंगलसेन नगरपालिका वडा नं. ३ का वडा कमिटीका सदस्य ज्ञान बहादुर साउदको स्वागत मन्तब्यबाट शुरू भएको मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रममा नगर कमिटी सदस्य देवेन्द्र बहादुर बोगटीले सन्चालन गर्नुभएको थियो ।
