संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान

Purnima Mobile
Kirci Gyan Kendra

प्रदेशका सबै ८८ स्थानिय तहका ७ सय ३४ वडामा अभियान संचालन हुने
• अभियान सफल बनाउन सुदूरपश्चिमका ३२ प्रदेशसभा निर्वाचनमा प्रतिनिधि खटिए

Samajik New Add 2082

कैलाली ४ चैत्र , संगठन सुदृढीकरणका लागि सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको विशेष अभियान सुरु हुने भएको छ । प्रदेशका ८८ पालिका अन्तर्गतका वडा तह सम्मका संगठनलाई क्रियाशिल बनाउनका लागि नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरको प्रस्तावमा सुदुरपश्चिममा संगठन सुदृढीकरणका लागि प्रदेश कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो ।
प्रदेश सभापति वलायरको नेतृत्वमा वडा तह सम्मका संगठनलाई चलायमान बनाउनका लागि प्रदेशभर पार्टीको संगठन सुदृढीकरण अभियान संचालन हुनेछ । पार्टी भित्र कुशल संगठक , जनआन्दोलनको बाट उदाएका निडर बैचारिक र निष्ठावान नेताको छवि बनाएका प्रदेश सभापति बलायरको प्रत्यक्ष निगरानीमा सुदूरपश्चिम प्रदेशका सबै ८८ स्थानिय तहका ७ सय ३४ वडामा संगठन सुदृढीकरणका लागि अभियान संचालन हुनेछ ।
सभापति बलायरको अग्रसरतामा सुरु भएको अभियान लाई सफल बनाउन प्रदेशका सबै ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका सदस्य हरुलाई प्रतिनिधि खटाएको छ । चैत्र महिनाभर संचलान हुने अभियान लाई गतिशील बनाउन प्रदेश कार्यसमितिका सदस्य हरुलाई जिल्ला कार्यसमिति संगको समन्वयमा काम गर्ने गरि प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।
खटाएको प्रदेशसभा निर्वाचन क्षेत्र भित्र संगठनलाई चलायमान बनाउन विभिन्न रचनात्मक क्रियाकलाप संचालनका लागि जिल्ला कार्यसमिति संग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी समेत प्रदेश बाट खटाएका प्रतिनिधिलाई कार्यसमितिले दिएको छ ।पार्टिको जिल्ला कार्यसमिति सँग समन्वय गरी वडा देखि क्षेत्र सम्मका विभिन्न गतिविधिका साथै सम्मेलनमा सहभागि भई संगठनलाई चलायमान बनाउन भूमिका निर्वाह गर्न समेत भनीएको छ ।
साथै अभियानका लागि प्रदेश बाट खटिएका प्रतिनिधि लाई संगठनको अवस्थाको बारेमा विस्तृत जानकारी सहितको प्रतिवेदन तयार गरी चैत्र मसान्त भित्र प्रदेश कार्यसमितिमा पेश गर्ने समयसीमा तोकिएको छ ।

Mellekh RM1

नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्णय अनुसार पार्टीको वडा तहसम्मका संगठनलाई क्रियाशिल तुल्याउन प्रदेश कार्यसमिति सदस्यलाई सुदूरपश्चिम प्रदेशका ३२ वटा प्रदेश निर्वाचन क्षेत्रमा खटाएका प्रतिनिधिको नामावली
• कैलाली
१. केशरी विष्ट , क्षेत्र नं. १ (१)
२. धन बहादुर शाही (धिरेन्द्र), क्षेत्र नं. १ (२)
३. काशिराम देवकोटा, क्षेत्र नंं २ (१)
४. टेक बहादुर चौधरी, क्षेत्र नं. २ (२)
५. राज समझ चौधरी, क्षेत्र नं. ३ (१)
६. सम्झना खत्री, क्षेत्र नं. ३ (२)
७. सुरत रावत (डोटेली कान्छा), क्षेत्र नं. ४ (१)
८. राम बहादुर देउवा, क्षेत्र नं. ४ (२)
९. पुष्पा भट्ट,क्षेत्र नं. ५ (१)
१०. लक्ष्मी भण्डारी, क्षेत्र नं. ५ (१)
११. गजराज पाण्डेय, क्षेत्र नं. ५ (२)
१२. टेकराज जोशी (डि.के.), क्षेत्र नं. ५ (२)
१३. डा. मेराज आलम अन्सारी, क्षेत्र नं. ५(२)
• कंचनपुर
१. भुलिया राना, क्षेत्र नं. १ (१)
२. चमेली तामाङ्ग, क्षेत्र नं. १ (२)
३.. ज्ञानेन्द्र सिंह, क्षेत्र नं. २ (१)
४. झेली राना, क्षेत्र नं. २ (१)
५.. गौरी सिंह बोहरा, क्षेत्र नं. २ (२)
६. कलावती बोहरा, क्षेत्र नं. २ (१)
७.. प्रभा भट्ट, क्षेत्र नं. २ (२)
८. कृष्ण प्रसाद पाठक, क्षेत्र नं. ३ (१)
९. दिवाकर पाण्डेय, क्षेत्र नं. ३ (१)
१०. निलम लेखक, क्षेत्र नं. ३ (२)
११. पुष्कर बहादुर सिंह, क्षेत्र नं. ३ (२)
१२. उपेन्द्र बहादुर खडायत,क्षेत्र नं. ३ (२)
• अछाम
१. तुलाराम साउँद, क्षेत्र नं. १ (१)
२. रुपा आउजी , क्षेत्र नं. १ (१)
३. भक्त ठकुल्ला, क्षेत्र नं. १ (२)
४. अनुराधा स्वाँर, क्षेत्र नं. २ (१)
५. वेदप्रकाश तिमिल्सैना, क्षेत्र नं. २ (२)

• डोटी
१. प्रेमा श्रेष्ठ, सदस्य क्षेत्र नं. १ (१)
२. तेज बहादुर लुहार, सदस्य क्षेत्र नं. १ (२)

Saud Agro Kailash

• डडेल्धुरा
१. टिकेश्वरी हमाल, क्षेत्र नं. १ (१)
२. धर्मानन्द भट्ट, क्षेत्र नं. १ (१)
३. दिपा देवी ऐर, क्षेत्र नं. १ (२)
४. चन्द्रे टमटा, क्षेत्र नं. १ (२)
५. तिलकराज जोशी, क्षेत्र नं. १ (२)

• बझाङ्ग
१. सुनिता थापा, क्षेत्र नं. १ (१)
२. राजेन्द्र बहादुर खड्का, सदस्य बझाङ क्षेत्र नं. १ (१)
३. जयन्ती जोशी, क्षेत्र नं. १ (१)
४. गणेश विष्ट, सदस्य,क्षेत्र नं. १ (२)

• बाजुरा
१. धनराज पण्डित, क्षेत्र नं. १ (१)
२. राधिका सिंह, क्षेत्र नं. १ (२)

• दार्चुला
१. मदन गिरी, क्षेत्र नं. १ (१)
२. कमला धामी सामन्त, क्षेत्र नं. १ (१)
३. करवीर सिह कार्की, क्षेत्र नं. १ (१)
४. राजेन्द्र सिंह विष्ट, क्षेत्र नं. १ (२)

• वैतडी
१. जनक विष्ट, क्षेत्र नं. १ (१)
२. कान्ता चन्द, शाही, क्षेत्र नं. १ (२)
३. टेकराज जोशी, क्षेत्र नं. १ (२)
४. तेज बहादुर चन्द, क्षेत्र नं. १ (२)
५. कमला चन्द, क्षेत्र नं. १ (२)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.