
राष्ट्रिय तथ्यांक कार्यालयले १२ औँ जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन निकालेको छ ।
अन्तिम प्रतिवेदनअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।
प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यसअघि २०७८ माघ १२ मा दुई करोड ९१ हजार ४८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
विस्तृत र अन्तिम प्रतिवेदनमा भने २६ हजार ९०२ कम अर्थात दुई करोड ९१ लाख ६४ हजार ५७८ मात्रै देखिएको हो ।
कुल जनसंख्यामध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ देखिएको छ ।
यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ। काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जनसंख्या सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्ला रहेको छ। काठमाडौंमा मात्रै २० लाख ४१ हजार ५८७ जना जनसंख्या छ ।
सबैभन्दा कम मनाङ जिल्लामा पाँच हजार ६८५ जना रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको। भक्तपुरमा बस्ने मान्छे धेरै बढे, रामेछापमा घट्दो जनगणनाअनुसार प्रतिवर्ष जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ। २०६८ सालमा यस्तो वृद्धिदर १.३५ प्रतिशत रहेकोमा अहिले कम देखिएको छ ।

सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ । यो जिल्लमा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ष किलोमिटरमा १९८ जान बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ ।
२०६८ सालमा १८० जना मात्रै बस्ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन् ।
सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्। परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ पुग्यो देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन्। जसमध्ये व्यक्तिगत परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र संस्थागत परिवार (संयुक्त) ६ हजार ९६ रहेका छन् । प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। २०६८ सालमा ४.८८ जना रहेको थियो । यस हिसावले प्रति परिवार संख्या घटेको छ। नगरमा बस्ने बढे गाउँमा घटे नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ। जम्मा जनसंख्यामा ६६.१७ प्रतिशत रहेको नगरपालिकामा बस्ने गरेका छन्।
गाउँपालिकाहरूमा बस्ने घटेका छन् । जम्मा जनसंख्या ३३.८३ प्रतिशत गाउँमा गाउँपालिकामा बसेका छन् ।
२०६८ को जनगणनामा नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो। साढे १५ लाख परिवारका करिब २२ लाख नागरिक विदेशमा जनगणनाले करिब २२ लाख परिवार विदेशमा रहेको देखाएको छ। जम्मा १५ लाख ५५ हजार ९६१ परिवारहरूबाट विदेशमा सदस्य रहेको छ । त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसेको तथ्यांक कार्यालयले जनाएको छ ।
जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ प्रतिशत) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए । करिब साढे ६ लाख जनसंख्या अपाङ्ग तथ्यांक कार्यालयले कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कुल जनसंख्ययाको २.२ प्रतिशत भनेको ६ लाख ४१ हजार ६२० जना हो। अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।
३ प्रतिशत बालबालिका आमा-बुवा दुबैसँग बस्न पाउँदैनन् १८ वर्ष मुनीको संख्या कुल ९८ लाख ६९ हजार ५८३ जना देखिएको छ। यो जसंख्यामध्ये ७.९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत बस्ने गरेका छन्। बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको छ । ३१ प्रतिशत परिवारमा महिलाको नेतृत्व कुल ६६ लाख ६६ हजार ९३७ परिवार रहेको छ। जसमध्ये ३१.५५ प्रतिशत परिवार मूली महिला रहेका छन्। २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढी हो ।
५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा र ४४ प्रतिशतले ग्यास प्रयोग गर्छन् देशका ६६,६०,८४१ परिवारमध्ये आधाभन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् ।
त्यसपछि धेरै प्रयोग गर्नेमा ग्यास रहेको छ। ग्यासको प्रयोग ४४ प्रतिशतले गरेका छन्। बिजुली, गुईठा/गोरहा, बायो ग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।
-setopati
