जाल्पादेवी आधारभूत विद्यालयकाे ११ औं अभिभावक भेला सम्पन्न

विद्यालयकाे समग्र विकासका लागि आफू प्रतिवद्द रहेकाे: वडा अध्यक्ष लाेकराज नाथ

जाल्पादेवी आधारभूत विद्यालय मंगलसेन नगरपालिका १ ढुंगानीकाे ११ औं अभिभावक भेलाकाे उदघाटन समाराेह सम्पन्न भएको छ ।
विव्यस अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा भएको भेलामा वडानम्वर १ का अध्यक्ष लाेकराज नाथ प्रमुख अतिथि रहनुभएकाे थियो । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष नाथले विद्यालयको समग्र विकासका लागि आफू प्रतिवद्द रहेकाे बताउनुभयो । शैक्षिक अवस्था सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सबै सराेकारवाला सक्रिय हुनुपर्नेमा जाेड दिनुभयाे ।
यस्तै भेलामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य एकेन्द्र नाथ, वडा सदस्य शिद्द बहादुर थापा र नेपाली काङ्ग्रेसका नगर कमिटी सदस्य शेर बहादुर थापा बिशिस्ट अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष मीन राज नाथ, मंगलसेन नगरपालिका प्रशासन सहायक हाेम साउद, मालिका सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा, विद्यालयका निवर्तमान प्रधानाध्यापक काशिराम उपाध्याय, सम्पूर्ण छिमेकी विद्यालयहरुकाे तर्फबाट प्रगतिशिल आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक गणेश बहादुर थापा, लघु उद्यमी समूहका अध्यक्ष गाैरा साउद, विद्यार्थि छत्र थापाले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
विव्यस सदस्य मानसिंह जैगडीकाे स्वागत मन्तव्यबाट सुरु भएको भेलाकाे उदघाटन सत्रकाे संचालन निमित्त प्रधानाध्यापक खेम जैगडीले गर्नुभएको थियाे ।
भेलाकै अवसरमा विद्यालयका निमित्त प्रधानाध्यापक काशिराम उपाध्यायकाे अनिवार्य अवकाश पश्चात सम्मान पत्र, दाेसल्ला, र खादा माला लगाई बिदाई गरिएको थियो । साथै विद्यालयको आर्थिक, भाैतिक र शैक्षिक प्रगति सहितकाे प्रतिवेदन विव्यस अध्यक्ष कमल बहादुर थापाले प्रस्तुत गर्नुभएको थियाे ।

Samajik New Add 2082

 

Leave A Reply

Your email address will not be published.