मंगलसैन बजारलाई व्यवस्थित गर्न नगरपालिकाले गर्यो पाँच निर्णय

Purnima Mobile
Kirci Gyan Kendra

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाले बजार व्यावस्थापनका लागि पहल सुरु गरेको छ । चैत्र १७ गते सर्वदलिय सर्बपक्षिय बैठक गरेर बजार व्यावस्थापन सम्बन्धी बिभिन्न निर्णय पारित गरेको हो ।

Samajik New Add 2082

बैठकले मंगलसेन बजारबाट उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थापनको लागि ५ वटा निर्णय गरेको छ । जयसमा बजार व्यवस्थापन समितिले सबै व्यवसायीहरुलाई आआफ्नो व्यवसायमा उत्सर्जन हुने फोहोरलाई वर्गीकरण गर्ने सम्बन्धमा सचेतना गर्ने र न्यूनतम शुल्क लगाई फोहोरमैला व्यवस्थापनमा उपयोग गर्ने, सम्पूर्ण व्यापारी तथा होटल व्यवसायीले प्लाष्टिकजन्य, काँचजन्य, कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरी टिप्परमा राखे निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

Mellekh RM1

यस्तै व्यवसायीहरुले शिशाजन्य वस्तुहरु छुट्टै राख्ने र नगरपालिकाले तोकेको दिनमा मात्र टिपरमा राख्ने, नगरपालिकाले बजारमा प्रत्येक हप्ताको आईतवार, मंगलबार, बिहिवार र शुक्रवार ४ दिन टिपर पठाउने निर्णय गरिएको छ ।

शिशाजन्य वस्तुहरु प्रत्येक हप्ताको शुक्रवार व्यस्थापन गर्ने र बजारको फोहोर व्यवस्थापनका लागि डष्टबिन राख्ने, ल्याण्डफिल्ड साईडमा बायोग्याँस सहितको पूर्वाधार निर्माण गर्ने, पर्याप्त मात्रामा सरसफाई कर्मचारी व्यवस्था गर्ने र खानेपानीका खुला पाईपहरुलाई व्यवस्थापनका लागि खानेपानी सव-डिभिजन कार्यालय र खानेपानी उपभोक्ता समितिले यथाशिघ्र व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत खकेन्द्र सोडारीले जानकारी दिए ।

Saud Agro Kailash

यस्तै बैठकले नेपाल टेलिकम र विद्युत प्राधिकरणका अव्यवस्थित तार र पोलहरुलाई टेलिकम र विद्युत कार्यालयले यथाशिघ्र व्यवस्थापन गर्ने निर्णय सते गरेको अधिकृत सोडारीले बताए ।

मंगलसेन बजार भित्र कृषि तथा पशुजन्य विक्रि वितरण केन्द्र बाहेक अन्य स्थानमा मासु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्रि वितरण गरिरहेका व्यवसायीहरुले ३ दिनभित्र बजारबाट हटाई कृषि तथा पशुजन्य विक्रि वितरण केन्द्रबाट मात्र विक्रि वितरण गर्ने र बजारको मूल्य निर्धारण बजार व्यवस्थापन समिति र नगरपालिकाले गर्ने अन्यथा नगरपालिकाले सुरक्षाकर्मीको सहयोगमा बजार अनुगमन निर्देशिका बमोजिम कारवाही गर्ने निर्णय पनि बेठकले गरेको छ ।

सम्पूर्ण व्यवसायीहरुले मंगलसेन बजार भित्र हेभी ठूला गाडीहरुलाई बेलुका ६ बजे पछि मात्र प्रवेश गराउने र मोटरसाईकलहरु बजार क्षेत्रमा जथाभावी पार्किङ्ग नगरी सडकलाई बाधा ब्यबधान नहुने गरि मात्र पार्किङ्ग गर्ने र सोको निगरानी र व्यवस्थापनका लागि ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

मंगलसेन बजारको सौन्दर्यता बृद्धि गर्न बजार भित्र सडक क्षेत्राधिकार अतिक्रमण गरी बनाएका वा नबनाएका जस्तापाताबाट निर्माण गरिएका संरचनाहरुहरुलाई घरधनी वा व्यवसायीहरुले ४५ दिनभित्र हटाई व्यवस्थापन गर्ने साथै सडक पेटीमा राखेका सामाग्रीहरुलाई सम्बन्धित व्यवसायीहरुले ३ दिन भित्र हटाउने निर्णय भएको छ ।

उल्लेखित निर्णयहरु कार्यान्वयन नगर्नेलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७५ र नियमावली, बजार अनुगमन निर्देशिका, २०७५, कृषि र पशु वस्तु विक्रि तथा संकलन केन्द्र एवम् हाटबजार संचालन व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, अछामको सहयोगमा कारवाही गर्ने नगरपालिकाद्धारा जारी सुचनामा भनिएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.