रामारोशन गाँउपालिकाद्वारा संघिय सरकारलाई सुझाव पेश

जिल्लाको रामारोशन गाउँपालिकाले नेपाल सरकार अर्थ मन्त्रालयलाई बजेट तथा कार्यक्रमका लागि सुझाव पेस गरेको छ ।

Samajik New Add 2082

संघिय सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागी सुझाव माग गरिएको सन्दर्भमा सुझाव पेस गरिएको पालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तरगतका पहाडी जिल्लाका स्थानीय तहहरूले संघीय बजेट सार्वजनिक भइसकेपछि गर्ने महसुस तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउने उद्देश्यले सुझाव पेस गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिममा राज्यले सौतेनी व्यवहार गर्‍यो भन्ने मानसिकता छ, त्यसलाई चिर्ने गरी संघिय सरकारले बजेट निर्माण गर्नुपर्नेमा समेत रामारोशन गाउँपालिकाले सुझाव पत्र मार्फत जोड दिएको छ ।

५ वटा बुँदा सहित पेस गरिएको सुझाव पत्रमा अघिल्लो आर्थिक वर्षको बजेटमा अछाम जिल्लाको नाम १ पटक समेत समावेश नभएको अवस्थामा मध्य पूर्वका जिल्लाहरूको नाम दर्जनौँ पटक समावेश भएको र यसले राज्यको हिजोकै केन्द्रीकृत सोच उजागर गर्नुका साथै कर्णाली र सुदूर पश्चिममा हिजो देखि नै राज्यले सौतेनी व्यवहार गर्‍यो भन्ने मनोविज्ञानलाई आउँदो आर्थिक वर्षमा संघीय सरकारले चिर्न सक्नु पर्ने उल्लेख गरिएको छ ।

लामो समयदेखि विभिन्न बहानामा सेती लोक मार्ग निर्माणको कार्यले गति हासिल गर्न नसकेको तर सेती लोक मार्गले पूर्णता पाउँदासाथ अछाम र तराइसँगको दुरी २५० प्रतिशत कम हुन आउने र यसले समग्र अछामको विकासमा समेत कोसे ढुंगाको रुपमा काम गर्ने भएकाले उक्त आयोजनाको लागी बजेटको अभाव हुन नदिनुपर्नेमा समेत जोड दिइएको छ ।

-paschimraibar

Leave A Reply

Your email address will not be published.