
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा भोलि संचालन हुने क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नयाँ बर्षको अवसरमा बर्सेनि आयोजना हुने क्रिकेट प्रतियोगिताको १४ औं संस्करण भोलिबाट सुरु हुन लागेको हो ।


मंगला विकास क्लब आयोजक र कृष्ण वीर स्मृति क्लबको सहआयोजनामा संचालन हुने प्रतियोगिताको उदघाटन मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले गर्ने तय भएको क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलले बताउनु भयो ।

प्रतियोगिताका लागि मंच व्यावस्थापन, खेलमैदान व्यवस्थापनको सबै काम पूरा भएको रावलले बताए । प्रतियोगितामा जिल्लाभरका १० भन्दा बढीको टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सफल पार्न मंगलसेन नगरपालिका, वडा नम्बर ९, विद्यालय, जिल्ला स्थित स्टेशनरी, कम्प्युटर पसल, किराना पसल लगाएतको सहयोग रहेको छ ।
