बेलायती राजा चार्ल्सको राज्याभिषेक : हजार करोड भन्दाबढी खर्च हुने

यस्ता छन् समारोहका विशेषताः

काठमाडौं । बेलायतका राजा राजा चार्ल्स र रानी क्यामिलाको आज राज्य अभिषेक हुँदै छ । वेस्टमिन्स्टर एबे चर्चमा दिउँसो ३ः ४५ (नेपाली समय अनुसार) उनीहरूको राज्य अभिषेक हुन लागेको हो । यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ ।

समारोहमा प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले झण्डा बोक्नेहरूको काफिले नेतृत्व गर्नेछन्। आज बेलायतमा मौसम खराब रहने चेतावनीका बाबजुद राज्याभिषेक हुने क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपोर्टका अनुसार राज्याभिषेकका लागि एक हजार करोड भन्दा बढी खर्च लाग्ने जनाइएको छ । समारोहमा राजा चार्ल्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नेछन् भने उनको अभिषेकको लागि १२ औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिने बताइएको छ ।

प्रिन्स ह्यारी, ड्यूक अफ ससेक्स, समारोहको लागि पत्नी मेगनबिना शुक्रवार लन्डन पुगिसकेका छन् । समारोहमा उनको कुनै औपचारिक भूमिका भने रहने छैन । यस्तै राजा चार्ल्सका भाइ प्रिन्स एन्ड्र्यूलाई पनि राज्याभिषेक समारोहमा कुनै भूमिका दिइएको छैन। सेक्स स्क्यान्डलमा फसेपछि चार्ल्सले उनलाई शाही परिवारबाट निष्कासन गरेका थिए ।

गत वर्ष सेप्टेम्बर ८ मा महारानी एलिजाबेथको निधनपछि चार्ल्सलाई बेलायतको राजा घोषित गरिएको थियो ।

यस्तो छ राज्याभिषेकका चरणहरू

राज्याभिषेकका लागि राजा चार्ल्सको काफिला बिहान १०ः२० बजे (बेलायतको समय) बकिङ्घम प्यालेसबाट बिहान ११ बजे वेस्टमिन्स्टर एबेमा पुग्नेछ । तत् पश्चात् विभिन्न चरणमा उनको राज्याभिषेक हुने जनाइएको छ ।

पहिलो चरण : राजाको रूपमा पहिचान

Mangala School 2081 subhakamana

सबैभन्दा पहिले चार्ल्सलाई राजाको रूपमा जनतासामु प्रस्तुत गरिनेछ । यस अवधिमा उनी सिंहासनको अगाडि एबेको सामना गर्नेछन् भने आर्चबिशपले राज्याभिषेकको घोषणा गर्ने छन् र समारोहमा उपस्थितहरूले ‘लर्ड सेभ द किङ’ को उच्चारण गर्ने छन् ।

दोस्रो चरण : शपथ ग्रहण

दोस्रो चरणमा आर्चबिशपले शपथअघि त्यहाँ उपस्थित सबै धर्मका मानिसहरूलाई सम्बोधन गर्नेछन् । यसपछि चार्ल्सले सँधै कानूनको पालना गर्ने र विश्वासी प्रोटेस्टेन्ट हुने शपथ ग्रहण गर्ने छन् ।

तेस्रो चरण : आसन ग्रहण

यो चरणमा राजा चार्ल्स राज्याभिषेक कुर्सीमा बस्नेछन् । आर्चबिशपले सुनको कलशबाट पवित्र तेल लिएर राजा चार्ल्सको हात र टाउकोमा खन्याउने छन् । यो चरणलाई सम्पूर्ण समारोहको सबैभन्दा पवित्र चरणको रूपमा लिने गरिन्छ जसका कारण यो चरणमा गोपनीयताको विशेष ध्यान दिइन्छ ।

चौथो चरण : राज्याभिषेक

यस चरणमा राजा चार्ल्सलाई सेन्ट एडवर्डको मुकुट लगाइनेछ । यसपछि २ मिनेटको लागि चर्चको घण्टी बजाउने गरिन्छ भने बेलायतभर बन्दुकको सलामी दिइनेछ ।

लन्डनको टावरमा ६२ राउण्डमा सलामी दिइनेछ । यसबाहेक एडिनबर्ग, कार्डिफ र बेलफास्ट जस्ता ११ स्थानबाट २१ राउण्ड सलामी दिइने गरिन्छ ।

पाँचौ चरण : राजगद्दीमा आसन

सबै अनुष्ठानहरू पूरा भएपछि, राजा चार्ल्स राजगद्दीमा बस्ने छन् । तत्पश्चात् राजकुमार विलियमले उनको अगाडि घुँडा टेकेर उनको हात चुम्बन गर्नेछन् ।

यस चरणमा आर्चबिशपले आम मानिसहरूलाई पनि शाही परिवार र नयाँ राजाप्रति वफादारीको शपथ लिन आग्रह गर्नेछन् ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.