बिनोद थापा सहित ९ जना कांग्रेस जिल्ला कार्य समिति सदस्यमा मनोनित

Samajik Bal biwaha

अछाम : नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य ९ जना मनोनित भएका छन् । जिल्ला सभापती पुष्प बहादुर शाहले जिल्लाका बिभिन्न पालिका तथा क्षेत्रबाट ९ जनालाई जिल्ला कार्य समिती सदस्यमा मनोनित गरेका हुन् ।

Mangalsen Mun Anurodh

सभापती शाहले नेपाली कांग्रेसको बिधान २०१७ संसोधित २०७५ को धारा १२ को उपधारा ५ ख २ अनुसार तुर्माखाँद ४ बाट अृमता बुढा, साँफेबगर ४ बाट राम बहादुर कुवर, ढकारी ८ बाट लाल बहादुर भण्डारी, तुर्माखाँद ३ बाट बालविर बिसी, मंगलसेन नगरपालिका १३ बाट बिनोद थापा, रामारोशन ४ बाट पुष्प बहादुर बिष्ट, पञ्चदेवल बिनायक ३ बाट खेमराज अधिकारी, मेल्लेख ८ बाट नृप बहादुर आउजी, र चौरपाटी ७ बाट मोहन बहादुर बोगटीलाई जिल्ला कार्य समिती सदस्यमा मनोनित गरेका हुन् ।

मनोनित सदस्यहरुबाट नेपाली कांग्रेस पार्टीलाई थप मजबुद, सुदृढ एवंम गतिशिल बनाउन महत्वपूर्ण योग्दान हुने सभापती शाहले बिश्वास लिएका छन् ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.