डा एपीजे अब्दुल कलामका केही प्रेरणादायी भनाईहरु

भारतीय पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामका केही प्रेरणादायी भनाईहरु यस्ता छन् ।

  • महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो । तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँछन् ।
  • पहिलो विजयपछि आराम नगर । जब तिमी दोस्रो प्रयासमा असफल हुन्छौं त्यो बेला हजारौं जिब्राहरुले तिम्रो पहिलो विजय मात्र भाग्य थियो भन्नेछन्।
  • जुन मानिसले मनैदेखि काम गर्न सक्दैन, उसले पाउने सफलता पनि आधा र अधुरो हुन्छ, जसले वरिपरी तीतो फैलाउँछ ।
  • जीवन एक कठिन खेल हो, तपाई मानिस हुनुको जन्मजात अधिकारलाई होल्ड गरिरहनुहोस, यसबाट जीत निस्कन्छ ।
  • राष्ट्रका सर्वाेत्कृष्ट दिमाग र मस्तिष्कहरु कक्षाकोठाका अन्तिम बेञ्चहरुमा हुनसक्छन् र भेटिन सक्छन् ।
  • सफलताका कथाहरु नपढ, तिनीहरुमा एउटा संदेश मात्रै हुन्छ ।असफलताका कथाहरु पढ,तिमीले सफल हुने शुत्र फेला पर्ने छौ ।
  • ति सपना होइनन् जो तपाई निन्द्रामा देख्नुहुन्छ, सपना त ति हुन् जसले तपाइलाई निदाउन दिदैनन् ।

-सामाजिक संजालबाट

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.