कैलालीकी कविताका श्रीमानले सौता ल्याए, सासू-ससुराले ज्यानै लिए

Purnima Mobile
Kirci Gyan Kendra

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको प्रेम विवाह स्थानीय अर्जुन बुढासँग भएको थियो । कविताले प्रेम गरेर माइतीघरको सहमति विपरीत अर्जुनसँग विवाह गरेकी थिइन् ।

Samajik New Add 2082

कविताले जिद्दी गरेर भागी विवाह गरेको अर्जुनले भने कविताको जस्तो प्रेममा समर्पण र पतिको कर्तव्य निर्वाह नगर्दा सासू ससुराको हातबाट २७ वर्षको उमेरमै ज्यान गुमाउनु परेको छ ।

Mellekh RM1

यस्तो छ कविता हत्याको अन्तर्य
कविताका श्रीमान अर्जुन हाल तेस्रो श्रीमतीसँग भारतको बङ्गलोरू बस्दै आएका छन् । अर्जुनले कविताले छोरो जन्माएपछि दोस्रो र दुई वर्ष अगाडि तेस्रो बिहे गरेको खुलेको छ । २७ वर्षीया कविताको ८ वर्षको छोरा र ५ वर्षको छोरी छन् । दोस्रो सौताले अर्जुनलाई छोडेपछि तेस्रो बिहे गरेका अर्जुनसँग कविताको राम्रो सम्बन्ध थिएन । तेस्रो सौतालाई कविताले घरमा बस्न नदिएपछि अर्जुन गत वर्ष तेस्री श्रीमती लगेर भारत गएका थिए ।

घरमा कविता भने सासू ससुराबाट अलग्गै बस्दै आएकी थिइन् । तर, छोरालाई घरमा बस्न नदिएको निहुँमा सासू लहरी बुढा र ससुरा डिल्लीसिंह बुढाले कवितासँग दैनिक जसो झगडा गर्ने गरेको कविताका माइती पक्षले बताएका छन् ।

जेठ १५ गते बिजुलीको बिल तिर्ने विषयमा कवितासँग सासू–ससुराले झगडा गरेका थिए। त्यसपछि भने १८ गते राति अन्दाजी ९ बजेको समयमा आफ्नै घरको भान्साकोठामा खाना पकाइरहेकी कविताको हत्या भएको कैलाली प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Saud Agro Kailash

चिरपटले हानेर बुहारीको हत्या
भान्सामा खाना पकाइरहेकी कवितालाई चिरपटले टाउकामा हिर्काएको ससुरा डिल्लीसिंह बुढाले हत्या गरेको खुलेको छ । प्रहरीसँगको बयानमा लहरी र डिल्लीसिंह बुढाले चिरपटले टाउकामा हान्दा ज्यान गएको बताएका छन् ।

हत्यापछि हराएको निवेदन
जेठ १८ गते डिल्लीसिंह बुढाले बुहारी कविता बुढा हराएको निवेदन चौमाला प्रहरी चौकीमा दिए । तर, उनले र उनकी श्रीमतीले १८ गते राति कविताको हत्या गरेर घरबाट तीन किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा खाल्डो खनेर गाडेका थिए । कविताको मृत शरीर बोरामा हालेर ८ फिट ४ इन्च गहिराइको सुख्खा नालामा कविताको लाश फेला परेको थियो ।

कविता हराएको जाहेरी १८ गते दिएर २२ गतेसम्म डिल्लीसिंह बुढा सम्पर्कमा नआएपछि कविता बुढाका माईती भाई पराने बुढाले ईलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएका थिए । घटना शंकास्पद देखिन गएकाले लहरी बुढालाई प्रहरीले केरकार गर्दा उनले हत्या गरेर खाल्डोमा गाडेको ठाउँ प्रहरीलाई देखाएकी थिइन् ।

ससुरा डिल्ली बुढा कञ्चनपुरबाट पक्राउ
जेठ १९ गते डिल्लीसिंह बुढाले हुँलिया निवेदन दिए पश्चात डिल्लीसिंह बुढा र कविताको ८ बर्षको छोरा डण्डीराज बुढासहित सम्पर्क विहीन भएका थिए । डिल्लीसिंह बुढा तथा कविता बुढा सम्पर्कमा नआउदा कविता बुढाका माईती भाई पराने बुढाले ईलाका प्रहरी कार्यालय चौमालामा निवेदन दिएकोमा घटना शङ्कास्पद देखिन आई प्रहरी अनुसन्धानका क्रममा कविता बुढाको हत्या गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कविता बुढाको हत्यामा उनकी सासू लहरी बुढा र ससुरा डिल्लीसिंह बुढाको संलग्नता प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । डिल्लीसिंह बुढाको खोजतलासका क्रममा निजको अन्तिम ठेगाना जेठ २२ गते ४ बजे कञ्चनपुर जिल्लाको परासनमा देखिएको थियो। प्रहरीले त्यसपछि जयबिर बुढालाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।

डिल्लीसिंह बुढालाई भगाई जेठ २० देखि २२ गतेसम्म कञ्चनपुर जिल्लाको बिचफाँटामा लुकाई छिपाई राख्न सहयोग गर्ने जयबिर बुढालाई प्रहरीले २३ पक्राउ गरेको जनाएको छ । घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई भने भजनी नगरपालिका वडा नम्बर ३ को नेपाल–भारत सिमावर्ती ईलाकामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले शनिवार पक्राउ गरेको हो ।

बुहारीको हत्या पश्चात डिल्लीसिंह बुढा र लहरी बुढा मिलेर लाशलाई डोकोमा हाली घर भन्दा अन्दाजी तीन किलोमिटर टाढाको केदारेश्वर सामुदायिक वनमा खाल्डो खनी लाशलाई गाडेको र लाशसँगै मृतकका रगत लागेका कपडा, फरुवा, डोको पनि सोही खाल्डोमा पुरेको प्रहरीले जनाएको छ ।

c. -dineshkhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.