४ लाख ९५ हजार बराबरको भन्सार छलीका अबैध सामान बरामद

Purnima Mobile
Kirci Gyan Kendra

कैलाली:

Samajik New Add 2082

कैलालीमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ । सोमबार दिउसो कैलाली भजनी न.पा. ५ पगियाप्रसार स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी ४ लाख मूल्य बराबरको
ट्याक्टरको नयाँ ट्राली ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

Mellekh RM1
Saud Agro Kailash

यसैगरि, धनगढी उप-महागरपालीका ४ बसपार्क स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ३२ हजार ६ सय बराबरको लेडिज प्लाजु सेट, कुर्ता, लेगिज वडा प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

यस्तै टिकापुर नगरपालिका वडा नं. ९ खैरिपुर स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याएका पोलिथिन, नुहाउने स्याम्फु, ब्लेड, लगायतका अन्दाजी ३१ हजार बराबरको सामानहरु बेवारिसे अवस्थामा प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सोहि दिन साँझ तिर धनगढी उप-महानगरपालिका २ र ३ वडा एरियाबाट भारतबाट भन्सार छलि गरी ल्याएका सुट, कुर्ति, लेडिज पाईन्ट, कट्टु, भेष्ट, खुद्रा सामान लगायत अन्दाजी ६४ हजार बराबरको मालसामानहरु बेवारीसे अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट:

कञ्चनपुरको बेलडाँडी गाउँपालिका -१ सिद्दचोक बस्ने रुद्र चन्दको भान्सा घरमा खाना पकाउने क्रममा अचानक आगलागी भई बिभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट दुई कोठे काठ र खरले बनेको भान्सा घरमा आगलागी हुँदा खाद्यन, भाडा बर्तन समेत जलि अन्दाजी ८० हजार बराबरको धनमाल जली नष्ट भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटि
गएको प्रहरी र स्थानियको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.