वाक नेपालले नगरमा राम्रो काम गरेको सरोकारवालाको भनाई

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन, ४ असारः

Samajik New Add 2082

वाक नेपालको पावर परियोजना मार्फत मंगलसेन नगरपालिकामा भएका गतिविधिहरु प्रभावकारी रहेको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । सेभद चिल्ड्रेनको आर्थिक सहयोग र वाक नेपालको सहजिकरणमा मंगलसेन नगरपालिकाका विभिन्न वडामा भएका गतिविधिहरु प्रभावकारी भएको बताएका हुन ।

Mellekh RM1

वाक नेपालको पावर परियोजना मार्फत युवालाई विभिन्न किसीमका सिप सिकाई व्यवसायी बनाउने, सरसफाईका क्षेत्रमा नागरिकहरुलाई जागरुक बनाउने र विद्यालयको शैक्षिक तथा भौतिक संरचना सुधार गर्नमा समेत ठुलो सहयोग गरेको बताएका छन । मंगलसेनमा आयोजना गरिएको बैठक तथा अर्धबार्षिक समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाले वाक नेपालले आफ्नो कार्य क्षेत्रमा राम्रो प्रभाव पारेको भन्दै आगामी दिनमा थप परिणमुखी काम गर्नुपर्ने र संस्थाले गरेका राम्रा काममा आफ्नो पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

Saud Agro Kailash

मंगलसेन नगरपालिका उप-प्रमुख संगीता रावल सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले आफ्नो नगरपालिका संग वाक नेपालले राम्रो समन्वय गरि परिणममुखी कार्यहरु गरिरहेकाले आगामी दिनमा पनि यो संस्था संग नगरपालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो । सुशासन र पारदर्शिताका क्षेत्रमा संस्थाले नगरमा उदारणिय काम गरेको हुदा आगामी दिनमा यस्ता संस्थाहरु संग समन्वय र सहकार्य गर्दै समृद्ध नगरपालिका निर्माण गर्न लागीपर्ने बताउनुभयो ।

स्थानीय सरकार र अन्य यस्ता गैरसरकारी संस्थाहरु बाट स्थानीयका लागि थुप्रै किसीमा तालिमहरु दिएपनि त्यो बाट प्रतिफल भने नआउने समस्या रहेको हुदा अब यसतर्फ नगरपालिका सचेत रहेको बताउनुभयो । तालिम लिने तर व्यवसाय नगर्ने समस्या युवाहरुमा बढि देखिएकोका चिन्ता ब्यक्तगर्दै उहाले आफ्नै ठाउमा केही गर्छु भन्ने भावनाका साथ अघि बढ्ने सोच बनाउन आवश्यक रहेको बताउनुभयो । आफ्नो ठाउमा केहीपनी काम नगर्ने अन्य ठाउमा गएपछि तल्लो स्तरको समेत कामगर्न पछाडी नहट्ने हाम्रा मान्छेको प्रवृति रहेकाले आफ्नै ठाउमा केही गर्छु भन्नेहरुका लागि स्थानीय सरकार र यस्ता गैरसकारी संस्थाहरु सहयोग गर्न तयार रहेको उहाको भनाई थियो । वाक नेपालले आफ्नो पालिकामा राम्रो काम गरेको हुदा यसले संचालन गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, षोडशा माध्यामिक विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुवँरले मन्तब्य राख्नुभएको थियो । वाक नेपालका महासचिव अप्सरा कुवँरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन मंगलसेन नगरपालिकाका संघसंस्था समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

नगरपालिकामा पावर परियोजना मार्फत भए गरेका गतिविधिहरु बारे सेभ द चिल्ड्रेनका परियोजना संयोजक प्रेम पुन र वाक नेपाल पावर परियजना संयोजक महाँदेव ओझाले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.