वर्तमानमा सरकार जनविश्वास गुमाउदै छ : एमाले उपमहासचिव ज्ञवाली

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा एमालेका केन्द्रीय उप महासचिव प्रदिप ज्ञवालीले वर्तमानमा सरकार जनविश्वास गुमाउदै गएको बताउनु भएको छ । यो सरकार एकपछि अर्को गरि जनचाहना विपरीत कार्यहरू गर्दै हिडेकाले जनताको विश्वास गुमाउँदै गएको बताउनु भयो ।

Samajik New Add 2082

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी स्कुल बिभाग प्रमुख समेत रहेका ज्ञवालीले सरकार गठनको क्रममा करिब शत प्रतिशत मत पाएको सरकारलाई अहिले सत्तारूढ दलहरू भित्रै बाट विश्वास गर्न छोडिएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनचाहना भन्दा पनि गठबन्धन भित्रकै नेताहरूको चाहाना बमोजिम काम गर्दै हिडेकाले जनता प्रति उत्तरदायी नभएको कुरा प्रष्ट भईसकेको बताउनु भयो ।

Mellekh RM1

यो सरकार नेपाली जनताका लागि कन्फटेबल नभई बाह्य क्षेत्रका लागि बढि कन्फटेबल भएको भन्दै नेपाली जनताले यो सरकार बाट परिवर्तनको आश मारिसकेको नेता ज्ञवालीको भनाइ छ । नेकपा एमाले सरकार परिवर्तनको खेलमा लागेको हो भन्ने पत्रकारको प्रश्नमा उप महासचिव ज्ञवालिले अहिलेको अवस्थामा नेकपा एमाले सरकार परिवर्तनको फोहरी खेलमा नलाग्ने प्रष्ट्याउदै यो सरकारले एकपछि अर्को गरि राष्ट्र हितविपरीत कार्य गर्दै हिडेकाले यसको प्रतिवादका लागि सडक संघर्ष गर्ने उहाँको भनाइ थियोे ।

Saud Agro Kailash

नेता ज्ञवालीले देशमा सबै राजनीतिक शक्ति एकातिर नेकपा एमाले अर्कोतिर भएको बेला यस्तो परिस्थितिमा नेकपा एमालेका कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । राष्ट्र भक्त र राष्ट्रघाती विचको लडाइँ चलिरहेकाले यस्तो अवस्थामा सम्पूर्ण देशभक्त नागरिकहरू एमालेमा गोलवद्व हुन आग्रह समेत गर्नु भयो ।

पार्टीलाई जनता संग जोड्न नेकपा एमालेले मिसन ग्रासरूट अभियान संचालन गरेको भन्दै यो अभियानले पार्टी थप मजबुत भएको दाबी गर्दै जनता संग जोडिने थप कार्यक्रम नेकपा एमाले तयार रहेको जानकारी गराउनु भएको थियो । फरक प्रसंगमा बोल्दै उहाँले अछाम जिल्ला धेरै ठुलो सम्भावना जिल्ला भएकाले पर्याप्त बजेट अभावले कारणले यश क्षेत्रका महत्त्वपूर्ण आयोजनाहरू अलपत्र परेको बताउनुभयो ।

एमाले नेतृत्वको सरकार भएको बेला सेतीलोकमार्ग, जंगलघाट सडक खण्डको काम अगाडि बढेपनि वर्तमानमा गठबन्धनको सरकार आएपछि यी आयोजनाको बजेट कटौती भएको आरोप लगाउनुभएको छ ।

प्रेसचौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, प्रदेश कमिटी सचिवालय सदस्यीय कृष्णप्रसाद जैशी, जिल्ला अध्यक्ष चन्द्र बोहरा , उपाध्यक्ष बल बहादुर कुवर, सचिव भिम बहादुर रावल, पार्टी उप सचिव तथा स्कुल विभाग प्रमुख डम्बर बिसी लगाएतको सहभागीता रहेको थियोे ।

पत्रकार सम्मेलनको संचालन प्रेस चौतारी अछामका कोषाध्यक्ष कमल कुमार रावलले गर्नु भएको थियोे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.