बैतडीमा घर परिवार सूचीकरण कार्य ९० प्रतिशत सम्पन्न

Kirci Gyan Kendra

बैतडी:

Samajik New Add 2082

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। घर तथा घर परिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।
विज्ञापन

Saud Agro Kailash

सूचीकरणका लागि गत भदौ ३० देखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालन गरिएका हुन्। उनले भने, “सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार सङ्ख्या दर्ता भइसकेको छ।” असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार सङ्ख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए। उनले भने, “पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको काम भइरहेको छ।”
विज्ञापन

यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सुपरिवेक्षकले सोध्ने गरेका छन् । गाउँगाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई सङ्कलन गरेको तथ्याङ्क भर्नेमा भने समस्या भइरहेको पन्तले बताउनुभयो । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ। उनले भने, “सुपरिवेक्षकले मोबाइल एपको सहायताले कार्यस्थलबाटै दैनिक विवरण भर्ने गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या हुँदै आएको छ।”
विज्ञापन

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरिवेक्षकलाई तथ्याङ्क भर्न समस्या देखिएको हो। विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा ४५ हजार परिवार सङ्ख्या छ। पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ। मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। सरकारले प्रत्येक १०÷१० वर्षमा जनगणना गर्ने गर्दछ। यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको हो।

-Dineskhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.