मंगलसेन बसपार्कमा अछाम प्रहरीद्धारा यात्रु सहायता कक्ष स्थापना

Purnima Mobile
Kirci Gyan Kendra

होम साउद, अछाम २२ असोजः

Samajik New Add 2082

जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । समुदाय प्रशरी साझेदारी कार्यक्रम अन्तरगत अछाम प्रहरीले दशैं तिहारलाई मध्यनजर गर्दै यात्रुहरुको सहज एवं सुरक्षीत यात्राका लागि सहायता कक्षको स्थापना गरिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख, प्रहरी निरिक्षक राजेन्द्र साउदले एक कार्यक्रमका विच यात्रु सहायता कक्षको उदघाटन गर्नुभयो । यात्रु सहायता कक्षको स्थापना गर्दै साउदले दशैं तिहारमा हुने विभिन्न अवान्छित क्रियाकलापहरु हुन नदिन, यात्रुहरु ठगिनबाट जोगिन र यात्रु तथा यातायात संचालकहरुलाई कुनै समस्या पर्दा सहजताका लागि सहायता कक्ष स्थापना गरिएको बताउँनुभयो । चाडपर्वका समयमा यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाउँनुपर्छ भन्ने मान्यता अनुसार यात्रु सहजिकरणका लागि यात्रु सहायता कक्ष मार्फत सेवा प्रदान हुने उहाँको भनाई छ । यात्रुहरुलाई कहिँ कतै असुविधा र समस्या भएमा १०० नम्वर र नजिकको प्रहरी तथा जिल्ला प्रहरी कार्यालयमा समेत सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो ।

सहायता कक्ष स्थापना कार्यक्रममा स्थानीयको तर्फबाट शिक्षक कर्ण बहादुर धामी र यातायात व्यवसायी समितिको तर्फबाट राजेश बाबु बोगटीले मन्तव्य राख्नुभएको थियो । सहभागीहरुले यात्रु सहायता कक्ष स्थापना गरि यात्रुहरुलाई सहजताको पहल गरेको तथा स्थानीय शान्ती सुरक्षामा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा प्रहरी चौकी मंगलसेनका ईञ्चार्ज जगत बोहरा सहित प्रहरीहरु, यातायात व्यवसायी समितिका प्रतिनिधि, सवारी धनिहरु, स्थानीय व्यापारी बुद्धिजीवि र सरोकारवालाको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.