साथी शिक्षक र शिक्षकहरुसँग समिक्षा तथा प्रतिबिम्ब बैठक सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

साथी शिक्षक र शिक्षकहरुसँग समिक्षा तथा प्रतिबिम्ब बैठक मंगलसेनमा सम्पन्न भएको छ । UNFPA को आर्थिक सहयोग, VSO र पिसविनको सहजिकरण लैगिँक विभेदमा आधारित हिसां रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तरगत साफेबगर र मंगलसेन नगरपालिकामा संन्चालित विद्यालय स्तरिय कार्यक्रमको समिक्षा गरिएको हो ।

Samajik New Add 2082

कार्यक्रममा मंगलसेन नगरपालिका अन्तरगत रुपान्तरण कक्षा संन्चालन भएका विद्यालय मंगला नेरा मावि, शोडषा मावि, कुन्ति मावि र गंगा मावि तथा साँफेबगर नगरपालिका अन्तरगत जनकल्याण मावि, प्रभाधम्कोट मावि र त्रिपुरा सुन्दरी मावि गरि ७ विद्यालयका प्रअ, फोकल शिक्षक र साथि शिक्षकले रुपान्तरण कक्षा संचालन गर्दा आएका चुनौती, समाधानका उपाय र भावि दिनमा कक्षा प्रभावकारी बनाउन गर्न सकिने कामका बारेमा कार्य योजना निर्माण छलफल गरेका थिए ।

Mellekh RM1

सहभागी प्रअ, फोकल शिक्षक र साथि शिक्षकले किशोरकिशोरीका लागि विद्यालय स्तरिय कार्यक्रम प्रभावकारी भएकाले नगरका सबै विद्यालयमा आगामी लैजान सुझाव समेत दिएका थिए ।

Saud Agro Kailash

पिसविन अछामका कार्यसमिती सचिव देवानन्द खतिवडाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल सोडारीले विद्यालय र समुदायमा संस्था मार्फत संचालित कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो । आगामी दिनमा कार्यक्रम सफल पार्न सबैले अपनत्व बहन गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, साँफेबगर नगरपालिका शिक्षाक शाखा प्रमुख हिरादत्त भट्ट, कार्यक्रम लागु भएका ७ वटै विद्यालयका प्रअ, फोकल शिक्षक र साथि शिक्षकको सहभागीता रहेको थियो ।

VSO का कोशी प्रदेश संयोजक सुनिल कुमार शाह, सुदुरपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरी र UNFPA अछाम संयोजक आस्था रिजालले सहजिकरण गर्नु भएको कार्यक्रमको उद्देश्य बारे पिसविनका कार्यक्रम प्रबन्धक जुद्ध रावलले प्रकाश पार्नु भएको थियो भने संचालन पिसविन अछामका कार्यक्रम संयोजक गोकुल खडकाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.