लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको मंगलसेन नगरपालिकामा सुभारम्भ

Purnima Mobile
Samajik Bal biwaha

लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको मंगलसेन नगरपालिकामा सुभारम्भ गरिएको छ । १० दिनसम्म चल्ने अभियानको मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारीले दिप प्रज्वलन गर्दै सुभारम्भ गर्नु भएको हो । मंगलसेन नगरपालिकाको आयोजना तथा नगरपालिका कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेका सरकारी तथा गैरसरकारी कार्यालयको सहयोग तथा समन्वयमा अभियानको सुरुवात भएको हो ।

Mangala Bharna

Mellekh RM1

अभियानको सुरुवात गर्दै मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारीले हिँसा न्युनिकरण गर्नका लागि हरेक क्षेत्रका नागरिकको भुमिका महत्वपुर्ण रहने बताउनु भयो । अभियान अन्तरगत महिला तथा बालबालिका माथि हुने हिँसाका बारेमा सचेतना जगाउदै वडा स्तरमा कार्यक्रम १६ दिने अभियान लैजाने बताउनु भयो । अभियान सफल पार्न सबैको भुमिका महत्वपूर्ण हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिका निवर्तमान उपप्रमुख सरिता उपाध्यायले महिला बालबालिकालाई कार्यक्रम बारे हरेक बर्ष जानकारी गराईएकाले अब जगाउन आवश्यक रहेको बताउनु भयो । अभियानलाइ शुभारम्भको संकेतको रुपमा मात्र नभई कार्यक्रम प्रभावकारी बन्दै जानुपर्ने बताउनु भयो । पछिल्ला बर्षमा न्यायीक समितीमा मुद्दाहरु बढ्दै जानुमा रहेक नागरिक सचेत तथा जागरुक भएकाले भएकव बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ३ अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक बृख बहादुर बोगटी संघ स्थासँग समन्वय गर्दै हिसा न्युनिकरण गर्न सेचतना मुलक कार्यक्रम नगरपालिकाले निरन्तर गर्दै आएको बताउनु भयो । आगामी दिनमा दुर दराजका वडाका नागरिकलाई सचेतना जगाउने खालका कार्यक्रम आवश्यक रहेकाले त्यही अनुरुप नगरपालिका अघि बढ्ने बताए ।  

 कार्यक्रममा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका दातृ निकाय, प्रहरी लगाएतको सहभागिता रहेको थियो ।

लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ १६ दिनसम्म चल्ने अभियानको सुभारम्भ कार्यक्रमको संचालन मंगलसेन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.