नेकपा (माओवादी केन्द्र) को मुजाबगरमा अगुवा कार्यकर्ता भेला

नेकपा (माओवादी केन्द्र) रामाराेशन गाउँपालिकाको अगुवा कार्यकर्ता भेला मुजाबगरमा सम्पन्न भएको छ । पालिका स्तरिय अगुवा नेता तथा कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न भई विभिन्न विषयमाथि छलफल गरिएको हो ।


भेला मार्फत अनलाइन सदस्यता नबिकरण आबेदन बारे अनुशिक्षण गरिनुका साथै सदस्यता अभिलेखिकरण कार्यकाे शुभारम्भ समेत गरिएको जनाईएको छ । भेलामा रामारोशन गाउँपालिका उपाध्यक्ष तथा पार्टीको प्रदेश कमिटी सदस्य सरस्वती रावल, जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका ईञ्चार्ज पहल साउद, नेताहरु खकेन्द्रमान सिंह र कम्मान सिंह साउद लगायतको विशेष उपस्थिति रहेको थियो ।
भेलामा पार्टीका गतिविधहरुलाई निरन्तर रुपमा अगाडी बढाउदै लैजाने विषयमा पनि छलफल गरिएको थियो ।

