अछामका पूर्व प्र.जि.अ. बिष्ट डोटीको प्रमुख जिल्ला अधिकारीमा

सुदूरपश्चिम प्रदेशका दुई जिल्ला सहित देशभरका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सुदूरपश्चिम प्रदेशमा डोटी र डडेलधुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी फेरिएको हो । डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शङ्कर विष्टले प्राप्त गरेका छन् भने डडेलधुरामा मोहनराज जोशीलाई जिम्मेवारी दिएको छ ।
विष्ट यस अघि अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन भने डोटीमा बसेर सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालि सकेका थिए ।

Samajik New Add 2082

यसै गरी कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर वैद्य लमजुङ, शङ्कर बहादुर विष्ट डोटी, रवीन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेलधुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेह्रथुम जिल्लाको प्रजिअमा पठाएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अवस्थामा कर्मचारीको सरुवामा भने सरकारले अग्रगामी छलाङ नै मारेको देखिन्छ । स्थायी सरकारसमेत भनिए पनि हरेक जसो हप्ता कर्मचारीहरूको सरुवा हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.