मंगलसेनमा लैंगिकतामा आधारित हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजनाकाे सिकाई अनुभव आदानप्रदान कार्यक्रम

Purnima Mobile
Kirci Gyan Kendra

अछाम २२ मंसिरः

Samajik New Add 2082

लैंगिकतामा आधारित हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजनाकाे सिकाई अनुभव आदानप्रदान कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । डोटी र कञ्चनपुरका आएको अध्ययन भ्रमण टोली, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु र साझेदार संस्थाका प्रमुख प्रतिनिधिहरु विच सिकाई अनुभव आदानप्रदान गरिएको हो । 

Mellekh RM1

संयुक्त राष्ट्रसंघिय जनसंख्या विकास कोष (UNFPA) सुदूरपश्चिम प्रदेश कार्यालयको संयोजनमा भएको अध्ययन भ्रमणका क्रममा मंगलसेन नगरपालिकामा संचालित लैंगिकतामा आधारित हिंसा राेकथाम तथा प्रतिकार्य परियाेजना अन्तरगत भए गरेका कामकार्य र प्राप्त उपलव्धि तथा चुनौतिका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । 

Saud Agro Kailash

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावति महर साउद, बेलौरी नगरपालिका कञ्चनपुरका उपप्रमुख जोगराम चौधरी, मंगलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी र UNFPA का प्रदेश कार्यालय प्रमुख कृष्ण प्रसाद भट्टराई सहित भ्रमण टोलिका सदस्यहरु र मंगलसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियाका क्रममा भ्रमण टाेलिले परियोजना मार्फत नगरपालिमा भए गरेका क्रियाकलापहरु बारे जानकारी लिएको थियो । यस्तै लैङ्गिकतामा आधारित हिंसा राेकथाम तथा प्रतिकार्यका क्षेत्रमा नगरपालिकाले गरेका नविनतम प्रयासहरु, सफलताका कुराहरु लगायत नगरपालिकाकाे वार्षिक बजेटमा लैङ्गिक उत्तरदायी बजेटकाे व्यवस्थापन लगायतका पक्षमा एक आपसमा छलफल गरिएको थियाे । कार्यक्रममा डाेटी जिल्ला सान्वय प्रमुख लक्ष्मण बहादुर सिंह कुनैपनि काम राम्रो गर्नकाे लागि एक आपसमा समन्वय र सहकार्य जरुरी रहेकाे, हिंसा न्यूनिकरणका क्षेत्रमा मंगलसेन नगरपालिकाले उत्कृष्ट व्यवस्थापन गरेर अनुसरण गर्न याेग्य कार्य गरेकाे बताउनुभयो  ।

यस्तै कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले पिडामा परेका महिलाहरुकाे न्याय र पुनःस्थापनाका लागि परियोजना मार्फत मंगलसेन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो । नगरपालिकाले सेफ हाउस संचालन र हिंसा न्यूनीकरणका क्षेत्रमा निरन्तर बजेट बिनियाेजन गरिरहेकाे बताउनुभयो । कार्यक्रमको संचालन मंगलसेन नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.