


गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा पालिकाका सबै ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा स्वरुप कम्बल वितरण गर्न थालिएको हो ।
जस अन्र्तगत पहिलो दिन आईतबार वडा नम्बर १ गाज्राका ११ जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले जानकारी दीनुभयो ।
हरेक वर्ष हिउँदको समयमा जेष्ठ नागरिकलाई सहयोग गर्दै आएको पालिकाले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रम अन्र्तग सोमबार गाउँपालिकाको वडा नम्बर ५ र ६ मा कार्यक्रमको आयोजना गरि वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने उपाध्यक्ष रावलले बताउनुभयो ।
यसैबिच आईतबार वडा नम्बर १ को वडा कार्यालयको अनुगमन पनि गरिएको छ । निर्माणाधीन वडा कार्यालयको भवनको निर्माण प्रगतिबारे अनुगमन गरिएको हो ।
यसैगरी जिल्लाको तुर्माखाँद गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई पनि न्यानो लुगा वितरण गरिएको छ । आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा सहयोग कार्यक्रम अन्र्तगत वडा नम्बर ८ धमालीमा ७५ जना जेष्ठ नागरिकहरूलाई सहयोग तथा सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा उनीहरुलाई एक÷एक थान न्यानो कपडा कम्बल बितरण गरिएको हो ।
