जोखिम व्यवस्थापन र आर्थीक सुरक्षा बिमा प्रवर्द्धनमा स्थानीय तहको भुमिका बिषयक अन्तरक्रिया कमलबजारमा सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन, पौष ०३
जोखिम व्यवस्थापन र आर्थीक सुरक्षा बिमा प्रवर्द्धनमा स्थानीय तहको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

Samajik New Add 2082

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीको आयोजनामा कमलबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष तथा पालिकाका प्रबत्ता सत्यराज तिमिल्सैना वडा नं ६ का अध्यक्ष लाल बहादुर शाह, बिभिन्न कार्यापालिका सदस्य , वडा सदस्य, निमित्त प्रमुख प्रसाशकिय अधिकृत खड्ग बहादुर बिष्ट, विभिन्न राजनीतिकदलका प्रतिनिधि, शिक्षक,अभिभावक कृषक लगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बिमा बारे सचेतना बढाउन आगामी दिनमा पालिकाले बिशेष कार्यक्रम गर्ने बताउनु भयो ।

Saud Agro Kailash

बिभिन्न प्रकोप बाट हुने क्षेतिका बेला राहत हुने भएकाले पालिकाका भौतिक संरचनाको बिमा गर्ने बिषयमा छलफल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका वडा नं ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले कृषि तथा पशु बिमा गर्ने बिमित लाई बिमा वाफत क्षेतिपुर्ती लिनका लागी असहज हुने भएकाले बिमा सेवा प्रदायक संस्थाले पालिकामै शाखा तथा कर्मचारी राखेर सेवा दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख, उप निर्देशक हृदयश्वर पण्डितले बिमागर्नका फाईदा तथा जोखिम व्यवस्थापन र आर्थीक सुरक्षा बिमा प्रवर्धनमा स्थानीय तहको भुमिका बिषयमा प्रशिक्षण गराउनु भएको थियो ।

कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले बिषय माथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन पालिकाको कृषि शाखामा कार्यारत कृषि प्राबिधिक बृख बहादुर बिष्टले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.