मंगला नेरा मावि वलिगाउका सेवा निवृत शिक्षक बिष्टको बिदाई

Kirci Gyan Kendra

मंगला नेरा मावि मंगलसेन नगरपालिका ९ वलिगाउका सेवा निवृत शिक्षक जगत बहादुर बिष्टको विद्यालयले बिदाई गरेको छ । विद्यालयमा ३९ बर्ष सेवा गरेका शिक्षक बिष्टले स्वईच्छुक अवकाश लिएपछी विद्यालयमा एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

Samajik New Add 2082

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Saud Agro Kailash

बिदाई कार्यक्रममा सहभागी अभिभावक, शिक्षक र विद्यार्थिले उहाँले गरेको सेवा उच्च प्रसंशा गर्दै दोसल्ला, टोपी, सम्मान पत्र, मायाको चिनो, फुलमाला र अब्बिर लगाउदै बिदाई गरेका थिए ।

बिदाई कार्यक्रममा सेवा निवृत शिक्षक जगत बहादुर बिष्ट, शिक्षक अभिभावक संघ अध्यक्ष हिक्मत बहादुर रावल, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बहादुर सिह बिष्ट, पुर्व शिक्षक अभिभावक संघ अध्यक्ष झुलेन्द्र बहादुर रावल, विद्यालयका प्रधानाध्यापक मिन बहादुर भण्डारी, सहायक प्रधानाध्यापक धर्म बहादुर रावल मन्तव्य राख्नु भएको थियो ।

शिक्षक निर्मला रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन लेखापाल कमल रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.