किसान बहुउद्देश्यीय सहकारीको २९ ‌औँ बार्षिक साधारण सभा मंगलसेनमा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एकाई नम्बर ७ ज अन्तरगत मंगलसेनको २९ ‌औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समिती उपाध्यक्ष टिकेन्द्र बहादुर थापाको अध्यक्षातामा भएको कार्यक्रममा ५ जना उत्कृष्ट शेयर सदस्य र संस्थाका शेयर सदस्य मध्येबाट २०७९ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्र र छात्रालाई किसान कोप शिक्षा पदकले सम्मान गरिएको थियो ।

मंगलसेन एकाई अन्तरगत ४ सय ४० शेयर सदस्यमा तुल बहादुर कुवर, तुलेन्द्र खनाल, डबल बहादुर रोकाया, झनक अधिकारी र प्रवेश बहादुर भण्डारीलाई प्रसंशापत्र सहित सम्मान गरिएको हो । त्यसैगरि किसान कोप शिक्षा पदक पाउनेमा शेयर सदस्य डम्मर प्रसाद भट्टराईका छोरा मोहित भट्टराई र ईमान बटालाकी छोरी कृतिका बटाला रहेका छन ।

Samajik New Add 2082

Mellekh RM1
Saud Agro Kailash

सभामा संस्थाको आगामी पौष २७ गते केन्द्रिय कार्यालय लम्कीमा हुने साधारण सभाका लागि मंगलसेन एकाई मार्फत १३ वटा प्रस्ताव पारित गरिनुका साथै ४ जनालाई प्रतिनिधी समेत छनोट गरिएको छ ।

बन्दसत्रबाट नयन सोडारी, नरेश कुमार शाही, हर्क बहादुर शाह र सरला रावललाई प्रतिनिधी छनोट गरिएको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलसेनका शाखा प्रबन्धक रमेश सोडारीले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.