घर निर्माण गर्दा कमजारे ढुंगा र काचोमाटो प्रयोग गर्न नहुने: ईन्जिनियर केसी

Purnima Mobile
Kirci Gyan Kendra

टेक बहादुर थापा:
मंगलसेन नगरपालिकामा कार्यरत ईन्जिनियर खम्म बहादुर केसीले भुकम्प बाट हुने क्षति न्युनिकरण गर्न हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताउनु भएको छ । भुकम्पले हामीलाई नमार्ने तर हामीले निर्माण गरेका संरचनाले मार्ने भएकाले यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

Samajik New Add 2082

राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा मंगल खबर र  रेडियो गाउँघर संग कुराकानी गर्दै ईन्जिनियर केसीले हामीले निर्माण गर्ने संरचान निर्माण गर्दा निर्माण मापदण्डका आधारमा मात्रै संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । आज जतिपनि संरचना निर्माण हुदै छन त्यी अधिकांश संरचनाहरु निर्माण मापदण्डका आधारमा तयार नभएकाले त्यस्ता संरचना बाट पछि धेरै ठुलो क्षति हुनसक्ने उहाको भनाई छ । पक्की संरचना होस या कच्ची जस्तो सुकै भवन निर्माण गर्दापनि सामान्यतया प्राविधिकको सुझाव सल्लाहाका आधारमा मात्रै निर्माण गर्नुपर्ने उहाँको सुझाव छ ।

Mellekh RM1
Saud Agro Kailash

घरहरु पक्की बनाउदैमा भुकम्प प्रतिरोधात्मक भन्न नमिल्ने भन्दै ईन्जिनियर केसीले त्यो घर निर्माण गर्दा निर्माण मापदण्ड अनुसार छ या छैन त्यो कुराले अर्थ राख्ने भएकाले सरंचना निर्माण गर्दा अनिवार्य रुपमा प्राविधिकको सुझाव लिन आग्रह गर्नुभयो । हाम्रो समुदायमा सबैभन्दा बढि कच्ची घरहरु निर्माण गरिने भएकाले कच्ची घरहरुलाई पनि भुकम्प प्रतिरोधात्मक बनाउन सकिने उहाँको भनाइ छ । आफुले निर्माण गर्ने घर कस्तो ठाउमा बनाउदै छु त्यो ठाउको जग्गा र माटो कस्तो छ अनि सामान्यतया नगरपालिकाले वडामा खटाएका प्राविधिकको सल्लाह लिएर पनि संरचना निर्मामाण गर्न सकिने उहाँले बताउनुभयो । हामीले हाम्रो संरचना निर्माण गर्दा धेरै लापरबाही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउने भएकाले समयमै बुद्धी पुर्याउनुपर्नेमा उहाँको जाेड छ ।

पछिल्लो समयमा पक्की संरचनाहरु समेत निर्माण हुने क्रम बढेकाले पक्की संरचनाहरु निर्माण गर्दा पुर्ण रुपमा प्राविधिकको सुझाव लिएर मात्रै निर्माण कार्य थालनी गर्नुपर्ने ईन्जिनियर केसीले बताउनुभयो । पक्की घरहरु निर्माणका लागि धेरै कुरामा ध्यान दिनुपर्ने भएकाले राष्ट्रिय भवन मापदण्ड अनुसार निर्माण गर्न आग्रह गर्नुभएको छ । घरहरु निर्माण गर्दा घरको लम्बाई चौडाई र उचाईको ब्यालेन्स मिलाउनुपर्नेमा जोड दिनुभएको छ । ईन्जिनियर केसीले बर्षौ सम्म आफ्नो घर परिवार बस्ने घर निर्माण गर्दा धेरै कुरामा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

जिन्दगीभर कमाएको पैसा घर निर्माण गर्न लगाउने तर त्यही घर सुरक्षित भएन भने परिवार नै असुरक्षित हुने भएकाले आफ्नो नजिकको स्थानीय सरकारमा रहेका प्राविधिकको सल्लाह बमोजिम मात्रै घर निर्माण गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.