
मङ्गलसेन नगरपालिका वडानम्वर ४ मा सञ्चालित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा २९९ जनाले सेवा लिएका छन । वडा कार्यालयकाे सहयोग र बलडाडा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे आयोजनामा टाेल स्तरमै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हाे ।


मङ्गलबार तेस्रो दिन आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवनमा १६० जनाले स्वास्थ्य सेवा लिएका छन । जस मध्य १५ जनामा उच्चरक्तचाप र ७ जनामा मधुमेह देखिएको हुदा उहाहरुलाई थप उपचार र परिक्षणका लागि मङल्सेन अस्पतालमा पठाइएको छ भने ४ जना क्षयरोगका संकास्पद बिरामिको खकार संकलन गरि त्रिशुली प्लस संस्था मार्फत सुबिधायुक्त अस्पतालमा पठाइएको छ ।
यो सङ्गै मिति २०८१ पौष २१ गते देखि २३ गते सम्म संचालन भएको स्वास्थ्य जाँच कार्यक्रममा २९९ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
३ दिन सम्म संचालन भएको स्वस्थ्य जाँच कार्यक्रममा वडा अध्यक्ष नाम सिह धामी, स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज जनस्वास्थ्य निरीक्षक अर्जुन बहादुर बोहरा, सि.अ.हे.व. खेमराज चौधरी, वडा सदस्यहरु नैन सिह बि.क, शान्ती धामि, सिंगम बि.क, निर्मला भुल, वडा सचिव हिक्मत प्रसाद जैशि, अ.न.मि हिमशिला ढुंगाना, वडा तथा स्वास्थ्य सेवा केन्द्रका कर्मचारी हिक्मत धामी, हिमा टमट्टा लगायतको सकृय सहभागीता रहेको थियो ।

