गुनासो व्यवस्थापन गर्न अछाम प्रहरीले गर्‍यो : क्युआर कोड सार्वजनिक

Kirci Gyan Kendra

१९ मंसिर,अछाम :जिल्ला प्रहरी कार्यालय अछामले गुनासो व्यवस्थापनको लागि क्युआर कोडको प्रयोग सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय अछाममा मंगलबार एक कार्यक्रमका बीच अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले क्युआर कोड सार्वजनिक गर्नु भएकाे हाे ।

Samajik New Add 2082
Saud Agro Kailash
प्रहरी सेवासम्बन्धी गुनासो र सुझाव संकलनको लागि प्रहरीले उक्त सेवाको सुरुवात  गरेको हो । साथै नागरिकले क्यूआर कोडबाट आफ्नो नजिकै भएको घटनाबारे पनि जानकारी गराउन सक्नेछन् ।
यो सेवाले गुनासो व्यवस्थापनलाई छिटो छरितो र व्यवस्थित बनाउने, नागरिकका गुनासोहरूको अभिलेख व्यवस्थापनको कार्य गर्नेछ । साथै प्रहरीसँग सम्बन्धित गुनासो र सुझावहरू संकलन प्रक्रियालाई प्रविधिमैत्री बनाउने, सेवाग्राहीको समय र खर्चको बचत तथा गोपनियता कायम गर्ने कार्य पनि यो सेवाबाट गरिनेछ । सूचना दिने मान्छेले नाम उल्लेख नगरे पनि हुने प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयाे।
आम सेवाग्राहीको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो वा कैफियत भएमा सिधै क्युआर कोड   मार्फत सम्बन्धित जिल्लाका प्रहरी प्रमुख संग सेवाग्राहिहरुले उजुरी गर्न पाइने  पाठकले बताउनुभयाे ।
 प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने आजको आवस्यकता रहेको बताउनुभयाे ।
लगत्तै जिल्ला प्रहरी कार्यालय अछाम मातहतका सबै प्रहरी युनिटरुमा सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने अछाम प्रहरीले जनाएको छ ।
           …सडक मिडियाबाट साभार गरिएकाे
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.