एक्लो पनको साक्षी त्यो पिपल चौतारो

Kirci Gyan Kendra

– राकेश रावल (सन्तोष)

Samajik New Add 2082

प्रिय चौतारो (हाम्रो खौला) आज एक्लो भ‌एको छ हामी लाई देखेरो मुस्कुराई रहने आज रोईरहेको छ, उजाड छ हामीलाई गिजाउदै छ, अनि सुनसान छ, उ मनमनै सोच्दै छ मैले के पाप गरे मलाई पुज्ने मान्छे छैन । मेरो सामु आएर थकाई मार्दै आफ्नो सुख दु: ख को गुनासो पोख्ने छैन म एकदम मरूतुल्य भ‌एको छु । म एकलै छु म संग हास्ने बोल्ने केही छैन पहिले पहिले सबै मेरै वरिपरि नाचीरहन्थे घुमीरहन्थे मेरै फरिक्रमा गरिरहन्थे मेरै काखमा लडीबुडी गरिरहन्थे त कोही आफ्नै धुन मा मंत्र मुग्ध हुन्थे घण्टौ गफगर्दै बिताइन्थ्यो थकाइ हराउँथ्यो दु:ख बिर्सिन्थ्यो ज़िन्दगी रमाईलो लागथ्यो तर आज त्यही चौतरो एक्ले छ ।

Saud Agro Kailash

मेरा पलाएका पलुवा पनी सोच्दै छन मलाई घोच्दैछन मलाई ढुङगाले हाने पनि कोही छैन मेरो छहारी मां बस्ने पनी कोही छैन सबैले यही चौतारो देखेका थिए सम्झेका थिए तर अचेल त्यो पिपल चौतारो एक्ले छ । न्यानो घामको काखमा पिपले को चिसो छायाले हामीलाई अंगालो हाल्थ्यो एकछिन चौतारोमा बस्नु पाउनु भनेको सिगै स्वर्ग जस्तो लाग्थ्यो जब खेतबारीमा पसिना बगाएर थाकित शरिर लिएर घर फर्किदा यही चौतारीमा आएर थकाई मारिन्थे मेरो आगनमा जम्मै खुट्टा टेकने ठाउँ थिएन पहिले दिनहु रतैली हुन्थे नाचगान हुन्थे बेलाबखत रमाईलो भ‌ई रहन्थे यहाँ हाँसे हुन्थ्यो रमाईलो हुन्थ्यो कसैले नयाँ कथा सुनाउँथ्यो कसैले भबिष्यका सपना बुन्थ्यो बालबालिकाको कुदाई युवाहरु को योजना बुढापाका हरुको आशिर्वाद आन्नदले हेरिरहन्थे म उतिबेला एखदमै खुशी थिए तर अहिले म एखदमै निराश छु एकदमै दुखी छु नत मेरा आगनमा रतैली न त नाचगान न हाँसे त्यसैले म एक्लो छु।

म टोलायको छु म मख्ख छु कहिले फर्किन्छन मेरो छाहारी मा बस्ने मान्छे कहिलो आउछन बाटो कुर्दै छु, मेरो काखमा लडीबुडी खेल्दै हुर्क्दै बढ्दै ग‌एकाहरू म सुन्दै छु, तिमीले गाउँबाट बसाई सरिसक्यो तर जहां ग‌एपनि जहा भ‌एपनि एकचोटी मेरो काखमा लडीबुडी खेल्न आउ म तपाईहरूको बाटो हेरिरहने छु । फर्किन्छन भनी कुरि रहने छु चिसिएका ढुङ्गाहरुले पहिलेको हाँसो खोजिरहेका छन शून्य टोलाउने पिपलले आफ्ना पुराना साथीहरु सम्झिरहेका छ, गाउँलेहरु हराए बाटाहरु बन्जिए र यो चौतारो मौन भ‌एर स्मुतिहरुको भारीबोकेर बसिरहेछ थकाई नमेटिने थकाइ का साथ न त चौतारामा थकाइ मार्ने भीड नै ।

आज पनि त्यो पिपल चौतारो, चुपचाप हामीलाई कुर्दैछ। युग फेरिए पनि, सम्झना त्यहीँ कतै, चौताराको चिसो ढुङ्गामुनि जीवित छ ।

लेखक राकेश रावल (सन्तोष) मङ्गलसेन नगरपालिका १० जुपु (लुगाडा) अछाम घर भई हाल बैंगलोर भारतमा हुनुहुन्छ । 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.