दोधारा–चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचपास चौकी निर्माणका सन्दर्भमा वातावरणीय प्रभाव अध्ययन शुरु

Purnima Mobile
Kirci Gyan Kendra

नबिन बोहरा, कञ्चनपुर २७ भदौ ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ र ३ को क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको दोधारा–चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचपास चौकीको निर्माण सन्दर्भमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन शुरु भएको छ । मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रको प्रस्तावित करिब २८० बिगाहा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचनाको निर्माण हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

Samajik New Add 2082

सोही क्रममा सचिव भट्टराइले निर्माण अघिका वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन लगायत सम्पूर्ण आवश्यक कार्यहरु शीघ्र सम्पन्न गर्न नेपाल इन्टर मोडल यातायात विकास समितिलाई निर्देशन समेत दिए । हाल महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि पारिपट्टि करिब १२०० मिटरको दुरीमा उक्त सुख्खा बन्दरगाह निर्माण हुन लागेको छ ।

Mellekh RM1
Saud Agro Kailash

सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरु योजना समेत तयार भइसकेकोले हाल वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनको कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिबाट शुरु गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

सो कार्यको लागि परामर्शदाता समेतको छनौट भइ कार्य अघि बढेको छ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार एवम् दोधारा चाँदनी नगरपालिका प्रमुख वीरबहादुर सुनारले सुख्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक सम्पूूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्ने विशेषज्ञ प्राविधिक टोलीका साथ निर्माण स्थलको निरीक्षणको क्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, सहसचिव डा.नारायणप्रसाद रेग्मी, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदूर पश्चिम प्रदेशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रादेशिक कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटा, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार र नेपाल इन्टमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायतको उपस्थिति रहेको थियो ।

-रातो पाटी

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.