अमेरिकाविरूद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने

Kirci Gyan Kendra

ओमानमा आजबाट सुरू आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग खेल्दैछ।

Samajik New Add 2082

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

Saud Agro Kailash

अमेरिका विरूद्ध नेपाली टिममा पीएनजीसँगको यसअघि खेलेको टोलीनै उतारिने भएको छ।

लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो। अमेरिकालाई एक खेलमा नेपालले ३५ रनमा नै समेटेको थियो । उक्त खेल नेपालले ५.२ ओभरमा  दुई विकेट गुमाएर जितेको थियो। अर्को खेलमा नेपालले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १५५ रनमै समेटियो ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.