श्रीलङ्का विरुद्धको पहिलो टी–२० मा भारत विजयी

पाहुना टोली श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी भएको छ । लखनउमा गएराति भएको खेलमा घरेलु टोली भारतले श्रीलङ्कालाई ६२ रनले हराएको हो ।

Mangala School 2081 subhakamana

भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलङ्काका चारिथ असलन्काले अविजित ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

दुश्मन्था चामिरा २४ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । भारतका इशान किशनले ८९ रन तथा श्रेयस एयरले अविजित ५७ रनको अर्धशतकीय पारी खेले ।

कप्तान रोहित शर्माले ४४ रन बनाए । श्रीलङ्काका लाहिरु कुमारा र डसुन शनकाले एक/एक विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
उज्यालो अनलाइन

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.