एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको नेतामा सोडारी

धनगढी:

Samajik New Add 2082

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन्। नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। दलको सोमबार बसको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

Leave A Reply

Your email address will not be published.