नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुदुरपश्चिम प्रदेशले सामाजिक मन्त्रीलाई ज्ञापन पत्र बुझायो

Kirci Gyan Kendra

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन सुदुरपश्चिम प्रदेशले ३ सुत्रिय माग राख्दै सुदुरपश्चिम प्रदेशका सामाजिक मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रत्येक नागारिकले राज्यबाट आधारभुत स्वास्थ्य सेवा पाउने र जनताले प्राप्त गर्ने कानुनी प्रावधान सहित जनताले पाउनु पर्ने आधारभुत आवश्कता माथी खेलवाड गर्ने उदेश्य सहित मुख स्वास्थ्य सम्बन्धी केही व्यक्तिहरु केही ब्यक्तीगत लाभका लागी विरोधमा उठ्नु निदनिय र खेद प्रकट ज्ञापनपत्र मार्फत गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

समितीका प्रदेश अध्यक्ष दिपेन्द्र शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट कायम भएको ५,१०,१५ वेडको अस्पतालमा दरबन्दी यथावत लागु गरिनुपर्ने, प्रदेश भरि अवैधानिक रुपमा संचालन गरिएका डेन्टल क्लिनिक अनुगमन गरिनुपर्ने र प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयमा विनियोजित डेन्टल सम्बन्धीको बजेट सही सदुपयोग हुनुपर्ने माग अघि सारिएका छन ।

आधाभुत स्वास्थ्य सेवाको संरचना कस्तो बनाउने भन्ने विषयमा सम्बन्धीत सरोकारवाला, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय सम्बन्धीत क्षेत्रका ट्रेड युनियनहरुको लामो छलफल र सहमती बाट आएको हुनाले दरबन्दी संरचना पालनाको लागी सम्बम्धीत सबैमा ध्यानाआकर्षण समेत गराईएको अध्यक्ष शाहीले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.