सन्दीपको एकदिवसीय वरियतामा छलाङ

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजानिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले छलाङ मारेका छन्।

Samajik New Add 2082

एक साता अघि पहिलो पटक शिर्ष सय (९१) स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औं स्थानमा आफुलाई पुर्‍याएका छन्। सन्दिप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष एकसय भित्र पर्ने पहिलो नेपाली खेलाडी हुन्। सन्दीप सँगै ७९ औं वरियतामा बंगलादेशका तिब्र बलर रुबेल हुसेन समेत रहेका छन्।

सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या, अस्ट्रेलियाका मिचेल मार्श, मार्कुस स्टोइनिस, लगायत खेलाडीलाई पछि पारेका छन्। बरियताको शिर्ष एक सय भित्र अन्य नेपाली खेलाडीले भने स्थान बनाउन सकेनन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष सयमा स्थान बनाउन सकेनन्।

तर ओमान भ्रमणमा सन्दीपले आफुलाई स्थापित गरे। ओमान जानु अघि सन्दीप १२८ औं स्थानमा रहेका थिए। नेपालले ओमान भ्रमणका क्रममा पपुवा न्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। जहाँ सन्दीपले ४ र ६ गरि १० विकेट लिएका थिए। त्यसपछि ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिजको ३ खेलमा सन्दीपले ८ विकेट लिंदै सनसनिपुर्ण प्रदर्शन गरेका थिए।

२०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप तेश्रो स्थानमा रहेका छन्। उनले यो वर्ष ६ खेलमा ५ इनिङ खेल्दै १८ विकेट लिईसकेका छन्। उनि भन्दा अघि श्रीलंकाका दुश्मन्था चमिरा २० विकेट तथा आयरल्याण्डका सिमि सिंह १९ विकेटका साथ अघि रहेका छन्। बंगलादेशका पेसर मुस्तफिजुर रहमानले पनि सन्दिपको समान १८ विकेट लिएका छन्।

सन्दीप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेटलिने खेलाडी समेत हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलको १५ इनिङ्समा ४१ विकेट तथा टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिएका छन्।

 

-Thahakhabar

Leave A Reply

Your email address will not be published.