एमाले सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउँछ : अध्यक्ष ओली

Kirci Gyan Kendra

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ ।

Samajik New Add 2082

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज साेमवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।’

Saud Agro Kailash

एमाले सरकारमा जानका लागि नभइ देशलाई बरबादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले नागरिककाे सद्भाव र एकताका लागि चुनावमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी चुनावमा जान लागेको उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आउँदाे चुनावले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो ।

उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले चुनाव जित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.