आजको मौसम घमाइलो, भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

Everest Incitute

उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ ।

यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन् । भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.