भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे

काठमाण्डाै  : आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायाे ।

Mangala School 2081 subhakamana

भारतले दिएकाे एक सय ३४ रनकाे सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३३ रन बनायाे । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।

याे जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ५ अङ्कसहित समूह ‘२’ काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । भारत ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.