Mat

टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

Sahil
Small Mat

काठमाण्डाै : टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे ।

बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेकाे छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.