टी- २० विश्वकप फाइनल : उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौं : टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

Samajik New Add 2082

समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो।

पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरेपछि लगातार चार जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।

पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।

इंग्ल्याण्डका कप्तान जोस बटलरले मेलबर्नमा पाकिस्तानविरुद्ध आइतबार हुने फाइनलअघि पुरुष टी–२० विश्वकप ट्रफी उचाल्ने सपना देखेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.